राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागमती प्रदेशको संगठन प्रमुखमा नेत्र जि पन्त
काठमाडौँ,मंसिर २१- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागमती प्रदेश समितिको संगठन प्रमुखमा लोक तथा दोहोरी गायक नेत्र जि पन्त निर्वाचित हुनुभएको छ।
शनिवार काठमाडौंमा सम्पन्न सो प्रतिष्ठानको सातौँ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशनबाट पन्त बागमती प्रदेश संगठनको प्रमुख पदमा निर्विरोध निर्वाचित भएका हुन।
झण्डै तीन दशक अघि देखि अनवरत लोक तथा दोहोरी गितको क्षेत्रमा लागिपरेका पन्त स्टेज र दोहोरी साँझमा रोजाईमा पर्दै आएका गायक हुन। उनका थुप्रै गितहरु श्रोता दर्शक माझ लोकप्रिय छन।
गायक पन्तका `सुख लुक्छ,दु:ख लुक्दैन´,भाग्य देखिन्छ र?´,बाबा स्वर्गीय,आमा पोईला गई´,`मलाई थाहा छैन´,`व्यर्थै गाल पाईयो´,`विदेश´,लिन आउँछु है त दिदै´लगायतका गितहरु निकै रुचाईएका छन।
अधिवेशनबाट अध्यक्षमा बालकुमार मल्ल,वरिष्ठ उपाध्यक्षमा भिम कार्की,उपाध्यक्षमा बल बहादुर गुरुङ्ग,द्वितीय उपाध्यक्षमा अमर थिङ्ग,महिला उपाध्यक्षमा चन्द्रकला घिमिरे,सचिवमा योगेश लामा र कोषाध्यक्षमा राजकुमार रिजाल लगायत ३३ सदस्यिय कार्यसमिति निर्वाचित भएका छन।
काठमाडौँ महानगरपालिका वडा नम्वर-१६,नयाँबजारमा कार्यालय रहेको सो प्रतिष्ठानले विगत देखि नै नेपाली लोक तथा दोहोरी गीत सम्बद्ध कलाकार, गायक–गायिका, स्रष्टा, र समुदायलाई एकै संरचनामा जोड्दै आईरहेको छ।
लोक तथा दोहोरी गीतलाई संरक्षण गर्ने, यसको परम्परा जोगाउने र नयाँ पुस्तालाई यस क्षेत्रमा आउन प्रेरित गर्ने यो संस्थानेपाली लोकसंगीत र सांस्कृतिक पहिचानको संरक्षक, प्रवर्द्धक र संरचनात्मक भुमिका निर्वाह गर्ने एक गैर नाफामूलक संस्था हो।
लोक तथा दोहोरी गीतको सांस्कृतिक मूल्य कायम राख्नु, सामूहिक रूपमा गुणस्तरीय, मर्यादित र मौलिक सांगीतिक रचनाहरू निर्माण / प्रवर्द्धन गर्नु यो संस्थाको मुल उद्देश्य हो।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस