अनमोल गिरिको रचनामा कोमल ओली र अन्जना खतिवडाको नयाँ तीज गीत ‘तीन आँखे आईफोन’ सार्वजनिक

लोकप्रिय खबर
२४ भदौ २०८३, बुधबार

हरितालिका तीजको अवसर पारेर गायिका कोमल ओली र अन्जना खतिवडाको स्वरमा नयाँ तीज गीत ‘तीन आँखे आईफोन’ (Tin Aankhe Iphone) सार्वजनिक भएको छ।

‘धुर्मुस सुन्तली’ युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको उक्त गीतमा आधुनिक जीवनशैली र तीजको परम्परागत रौनकतालाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा अभिनेत्री तथा मोडल रचना न्यौपाने र स्मारिका ढकालको आकर्षक अभिनय तथा नृत्य हेर्न सकिन्छ। ६ मिनेट ४५ सेकेन्ड लम्बाइ रहेको यो भिडियोले सार्वजनिक भएसँगै दर्शक तथा स्रोताको ध्यान तानेको छ।

विशेष गरी तीजका गीतमा समसामयिक विषयवस्तु र ट्रेन्डिङ प्रसङ्गहरू समावेश गर्ने क्रममा यसपटक ‘तीन आँखे आईफोन’ लाई मुख्य विषय बनाइएको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI