चितवन क्षेत्र नम्बर ३ बाट खुल्ला महाधिवेशन प्रतिनिधिको उम्मेदवारमा साजन महत्तो
चितवन । नेपाली कांग्रेस चितवनका स्थापित नेता तथा सामाजिक व्यक्तित्व साजनकुमार महतो नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्। उनले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिँदै क्षेत्रीय प्रतिनिधिहरूसँग आफूलाई मतदान गर्न आग्रह गरेका छन्। पार्टीलाई सबल सक्षम , चुस्त र दुरुस्त बनाउन र समाजलाई समृद्धिको बाटोतर्फ उन्मुख बनाउन उनले उम्मेद्वारी दिएका हुन ।
को हुन साजन महत्तो ?
लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय महतोले पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्। नेपाल तरुण दल चितवनको संगठन निर्माणबाट राजनीतिक यात्रा सुरु गरेका उनले नेपाली कांग्रेस चितवनको जिल्ला सदस्य तथा प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी पार्टीका महासमिति सदस्य तथा यसअघि महाधिवेशन प्रतिनिधिसमेत रहिसकेका छन् ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३-ख) बाट कांग्रेसका उम्मेदवार बनेका महतोले १५ हजार ९४५ मत प्राप्त गरेका थिए । पछिल्लो समय २०८२ सालको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस चितवनले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिस गरेका नेतामध्ये उनको नामसमेत परेको थियो ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय महतोले तत्कालीन जिल्ला विकास समिति अन्तर्गत जनजाति समन्वय समितिको उपाध्यक्षका रूपमा काम गरेका थिए। आदिवासी जनजाति समुदायको उत्थानसँगै शिक्षा, पर्यटन र स्थानीय विकासका क्षेत्रमा पनि उनको सक्रियता रहँदै आएको छ।
राजनीति क्षेत्रका अतिरिक्त उनले तत्कालीन जिल्ला विकास समिति अन्तर्गत जनजाती समन्वय समितिको उपाध्यक्ष बनेर आदिवासी जनजाती समुदायको उत्थानमा समेत महत्त्वपूर्ण योगदान पु¥याएका थिए
महतोको सामाजिक क्षेत्रको सबैभन्दा ठूलो सफलता चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको पटिहानी मध्यवर्ती उपभोक्ता समितिमा देखिएको छ।
उक्त समितिमा विगत ३० वर्षदेखि कायम रहेको कम्युनिष्ट वर्चस्व -विरासत) लाई तोड्दै हाल अध्यक्ष पदमा निर्वाचित भएका छन । यो विजयलाई स्थानीय स्तरमा उनको बलियो जनधार र लोकप्रियताको रूपमा हेरिएको छ।
साथै, उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा शिक्षा क्षेत्रको सुधार र पटिहानी क्षेत्रको पर्यटन विकासको नेतृत्व गर्दै विभिन्न संघ–संस्थाहरूमा अनुकरणीय र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन स्थानीय विकास, पर्यटन प्रवद्र्धन र राजनीतिक शुद्धीकरणमा उनको योगदान चितवनबासीका लागि प्ररणादायी बनेको छ।
अहिले १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुले उनको राजनीतिक यात्रा निर्वाचन क्षेत्रको राजनीतिबाट पार्टीको राष्ट्रिय अधिवेशन प्रक्रियातर्फ अघि बढेको छ। खुलातर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा चयन हुने १० जनाभित्र आफूलाई निर्वाचित गराउन महतोले क्षेत्रीय प्रतिनिधिहरूसँग मतदानका लागि आग्रह गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर पार्टीको नीति निर्माण, नेतृत्व चयन र राष्ट्रिय तहको छलफलमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य समेत राखेका छन् ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस