नेपाल केमिकल सोसाइटी बागमती प्रदेशको अधिवेशन सम्पन्न, प्रेम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
भरतपुर । नेपाल केमिकल सोसाइटी, बागमती प्रदेशको वार्षिक साधारण सभा तथा अधिवेशन आइतबार भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न भएको छ।

२०८३ साल असोज ४ गते बिहान ११ बजे सम्पन्न साधारण सभा तथा अधिवेशनको अध्यक्षता नेपाल केमिकल सोसाइटी बागमती प्रदेशका अध्यक्ष सह–प्राध्यापक डा. गंगाराज पोख्रेलले गर्नुभएको थियो। कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा. प्रेमसागर भण्डारी प्रमुख अतिथिका रूपमा तथा नेपाल गणित सोसाइटी, बागमती प्रदेशका अध्यक्ष राजाराम आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


अधिवेशनले प्रेम शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा डा. तारा प्रसाद ढुङ्गाना, सचिवमा भीमराज भण्डारी र कोषाध्यक्षमा सोलार अधिकारी चयन हुनुभएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा डा. कृष्ण कँडेल, गंगाराम सुवेदी, हिरा अधिकारी, खेम कँडेल, अजय महत्तो, सबिन विलास पन्त र राजकुमार सञ्जेल चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले बागमती प्रदेशमा रसायनशास्त्रको शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिलाई थप प्रभावकारी बनाउँदै रसायनशास्त्रीहरूबीच सहकार्य, समन्वय र व्यावसायिक विकासका लागि आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले रसायनशास्त्रको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा प्राज्ञिक गतिविधिलाई प्राथमिकता दिँदै सोसाइटीका गतिविधिलाई प्रदेशभर विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। अधिवेशनमा विभिन्न शैक्षिक संस्थामा आबद्ध रसायनशास्त्री, प्राध्यापक तथा सोसाइटीका सदस्यहरूको सहभागिता रहेको थियो।








लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस