जनताको मागपुरा गर्ने प्रतिवद्घता गरे अध्यक्ष पदका उम्मेदवार बस्ताकोटीले


बुलिङटार/ नवलपुर
बुलिङटारमा नेपाली काँग्रेसले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई व्यापक बनाएको छ । सो क्रममा अध्यक्ष, उपाध्यक्ष पदका उम्मेदवार लगायत बुलिङटार वडा नं. २ का उम्मेदवार सहित बुलिङटार वडा नं. २ (साविक डाडाँझेरी गाविस) को अति भौगोलिक विकट क्षेत्र छरछरे, रामकोट, कोटा, टेडेबोझा, टाँडी, मथार र भाङबारीमा घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ ।
घरदैलोका क्रममा जनताका भावाना, समस्या बुझ्ने क्रममा अधिंकाश ठाउँमा नाली सहितको सहज बाटो, खानेपानी र उत्पादित कृषि सामाग्रीको उचित बजारको व्यवस्थापन गर्नका लागि जनताले अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरु सँग माग गरेका छन् । उनीहरुको माग सम्बोधन गर्ने क्रममा पालिका अध्यक्ष पदका उम्मेदवार शशिकिरण बस्ताकोटीले सक्ने बोल्छु बोलेको पुराउछु ढुक्क हुनुस् म र मेरो टिम विजय भएका माग पुरा गर्ने प्रतिबद्घता समेत व्यक्त गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker