चुनावि अभियानमा बुलिङटार गाउँपालिका वडा नं. २ साविक डाडाँझेरि गाविस वडा नं. ४ बरिमल पुग्दा बालिकाहरु खाेजिदिन माग

चुनावि अभियानमा बुलिङटार गाउँपालिका वडा नं. २ साविक डाडाँझेरि गाविस वडा नं. ४ बरिमल पुग्दा बालिकाहरु खाेजिदिन माग गर्नुभएकाे छ ।

१६ बर्ष पहिले बुलिङटार गाउँपालिका वडा नं. २ साविक डाडाँझेरि गाविस वडा नं. ४ बरिमलमा पूर्ण बहादुर ग्रहंजा र मनमाया ग्रहजा( नाम परिवर्तन ) काे काेखबाट नाैमाया र बिनिसरा ग्रहजंकाे जन्म भएकाे थियाे । विनिसरा ग्रहजांलाई जन्मदिने क्रममा अामाकाे प्रशव पिडाबाट मृत्युु भए पछि बाबू बाेल्न नसक्ने अवस्थामा रहेकाे र घरमा अार्थिक अवस्था कमजाेर भएकाले परिवारसँग नियमित सम्पर्कमा रहने गरि सहमति मै हालकाे देवचुली नगरपालिकाकाे दलदलेमा रहेकाे कान्ति बाल गृहमा पालन पाेषणका लागि जिम्मा लगाईएकाे थियाे उनका अंकल हस्त बहादुर ग्रहजांले बताउनु भएकाे छ । दुई बर्षपछि दलदलेबाट अत्यै कतै लगिएकाे र सम्पर्क नभएका कारण नाैमाया र उनी सँगै लगिएकि बिनिसरा ग्रहंजाकाे खाेजि कार्य गरिदिन उनका अंकल खम बहादुर ग्रहंजाले हामीलाई अनुराेध गर्नुभएकाे छ । उनिहरुलाई अाश्रयका लागि लानेसमयमा नाैमाया ५ बर्ष र विनिसरा २ बर्षकि थिईन । यसै सन्दर्भमा बुलिङटार गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रेम बहादुर ग्रहंजाले केही समय सम्म सम्पर्क थियाे हाल त्यहाँ त्याे संस्था नरहेकाे र मुण्डेमा श्रेष्ठ थरगरेका एक जना पाष्टरले जिम्मा लिएर गएकाे बताउनु भएकाे छ ।
उत्त परिवारसँग सम्पर्क गर्न खम बहादुर ग्रहजाकाे सम्पर्क नं. 9824168267 रहेकाे छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker