भुसालले विजयउत्सब मनाईरहेको स्थानमा पुगेर बधाई दिए पोखरेलले

कावासोती: कावासोती नगरपालिकामा मेयर पदमा थोरै मतले पराजित भएका महेन्द्र पोखरेलले बिजेता बनेका बिष्णु भुसाललाई उनले विजयउत्सब मनाईरकेको स्थानमा पुगेर बधाई दिएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका पोखरेलले भुसाल बिजय भएपछी उनले बिजय उत्सब मनाईरहेको स्थान कावासोतीको फलफुल चोकमा पुगेर बधाई दिएका हुन् । पोखरेलले भुसाललाई बधाई तथा शुभकामना दिंदै भनें,” तपाईं हिजो सम्म एमालेको हुनुहुन्थ्यो , आज देखि सबैको हुनुभो , नगरपालिकाको कार्यसम्पादनमा सदैब लोकतान्त्रिक अभ्यास होस् , थोरै मत नपुगेर बिपक्षिमा पुगेकाहरुको भावनाको कदर गर्ने गरि काम गर्नुहोला । ” पोखरेलले नगरको बिकास र नगरवासीहरुको हित का लागि आफ्नो सधै रचनात्मक सहयोग हुने बताए । उनले बिकृती , बेथिती र भ्रष्टाचार बिरुद्द सधै आफ्नो खवरदारी रहने पनि बताए । पोखरेल भुसाल संग ३०४ मतको अन्तरले पराजित भएका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker