सकियाे रत्ननगर महाेत्सव : कृषि उत्पादनकाे बजारिकरणमा सफलता

रत्ननगर । पूर्वी चितवनकाे टिकाैलीचाैरमा आयाेजना गरिएकाे रत्ननगर महाेत्सवकाे १२औं संस्करण साेमबार सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजनामा पुस २६ गतेबाट सुरु भएकाे महाेत्सव उद्देश्य प्राप्त गरि सम्पन्न भएकाे हाे । कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे उक्त महाेत्सव कृषि उत्पादनकाे बजारीकरणमा सफल भएकाे आयाेजकले जनाएकाे छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेकाे समापन कार्यक्रममा व्यवसायीहरुले महाेत्सवले अपेक्षाकृत उपलब्धी हासिल गर्न सफल भएकाे बताएका छन् । महाेत्सवले जिल्लाकाे आर्थिक विकास, उद्यमशिलता विकास र स्थानीय स्तरमा उत्पादित बस्तुकाे बजारिकरणकाे लागि महत्वपूर्ण भूमिका खेलेकाे संघका अध्यक्ष शंकर गिरीले बताए । महाेत्सवकाे तीन लाखले अबलाेकन गर्ने र २५ कराेडकाे काराेबार हुने अपेक्षा र अनुमान गरिएकाे थियाे । महाेत्सवमा आयाेजककाे अपेक्षा भन्दा बढी आर्थिक काराेबार भएकाे बुझिएकाे छ । समापन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण बैध्यले महाेत्सवले कृषि उत्पादन र बजारीकरणमा दीर्घकालिन प्रभाव पार्ने बताए । महाेत्सव रमाईलाेकाे लागि मात्र नभएर स्थानीय उत्पादनकाे बजारीकरण गर्ने उपयुक्त माध्यम पनि हाे । जिल्ला समन्वय समितिका अध्यक्ष अधिकारीले जिल्लाकाे आर्थिक विकासकाे लागि महाेत्सवले अर्थपूर्ण भूमिका खेलेकाे बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्लाकाे अर्थतन्त्रलाई चलायमान गराउन महाेत्सव सफल भएकाे बताए । उनले १५ दिन भित्र महाेत्सवकाे आम्दानी खर्च सार्वजनिक गर्न आयाेजकलाई आग्रह गरेका छन् । कार्यक्रममा संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले महाेत्सवकाे उद्देश्यका बारेमा प्रकाश पारेका थिए । संघका अध्यक्ष शंकर गिरीकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, नेकपा एमालेका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker