रत्ननगरमा अटिजम र डाउनसिण्ड्रोमबारे अभिमुखीकरण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा विहीबार अटिजम र डाउनसिण्ड्रोम सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

रत्ननगर नगरपालिकाको अपाङगत लक्षित कार्यक्रम अन्तर्गत अटिजम र डाउनसिण्ड्रोमको बारेमा सचेनामा अभिबृद्धिका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा अटिजम र डाउनसिण्ड्रोम भएका बालबालिका र तिनका अभिभावकहरुको सहभागिता रहेको थियो । अटिजम र डाउनसिण्ड्रोमको लक्ष्यण, रोग लाग्नुको कारण र साबधानीका उपायहरुको बारेमा विज्ञहरुद्धारा सहजीकरण गरिएको थियो । कार्यक्रममा डाउनसिण्ड्रोम समाज चितवनकी अध्यक्ष संगिता नेपाल, अटिजम केयर चितवन सोसाइटीकी कार्यकारी निर्दैशक प्रमिला न्यौपाने र नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र सुरक्षाका लागि स्थानीय सरकारले योजना बनाएर काम गरिरहेको बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिँदै मेयर सापकोटाले उनीहरुलाई सीप तथा व्यवसायका लागि आर्थिक सहयोग गर्ने बताए ।

उपमेयर यादब प्रसाद पाठकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँ, लक्षितल बर्ग कार्यक्रम छनौट समितिकी संयोजक एशोधा पौडेल, महिला लक्षित कार्यक्रम छनौट समितिकी संयोजक बविता चौधरी, नगर स्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष मीनराज खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा ११० जनाको सहभागिता रहेको महिला तथा बालबालिका शाखाकी रञ्जना पौडेलले जानकारी दिइन् ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker