कपडा व्यवसायी संघ चितवनमा श्रेष्ठको नेतृत्व

लोकप्रिय खबर
८ मंसिर २०८२, सोमबार

नारायणगढ, ८ मंसिर
कपडा व्यवसायी संघ चितवनको आज सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा निरज कुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।

निरज कुमार श्रेष्ठ

निर्वाचनमा सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध बनेका छन् । उपाध्यक्षमा गोविन्द प्रसाद सिवाकोटी, महासचिवमा डिलाराम भट्टराई (दिलिप), सचिवमा राजेश कुमार श्रेष्ठ र कोषाध्यक्षमा सुरेश कुमार गुप्ता चयन भएका छन् । त्यसैगरी, सदस्यमा कृष्ण धिताल र सुसान्त अग्रवाल चाचान निर्विरोध रूपमा चयन भएको संघले जनाएको छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI