उद्यमी बन्न प्रेरित विद्यार्थीहरूद्वारा सहकारीको अवलोकन भ्रमण

लोकप्रिय खबर
१२ मंसिर २०८२, शुक्रवार
सारांश
Summary by AI
  • यहाँ लेखको संक्षिप्त सारांश दिइएको छ:
  • भुवानीशंकर बहुमुखी कलेजका २५ विद्यार्थी र ३ शिक्षकले 'अनुभवमूलक शिक्षण कार्यक्रम' अन्तर्गत साना किसान कृषि सहकारी संस्था, कुमरोजको शैक्षिक भ्रमण गरेका छन्।
  • भ्रमणका क्रममा सहकारीका अध्यक्षले संस्थाको व्यवस्थापन, सुशासन, ऋण प्रवाह र विभिन्न कृषि परियोजनाहरू (जस्तै: दाना उत्पादन, तेल उत्पादन, मेसिनरी सेवा) बारे जानकारी गराए।
  • विद्यार्थीहरूले सहकारीको कार्यप्रणाली, समुदाय विकासमा यसको भूमिका र नेपालको कृषि अर्थतन्त्रका अवसर तथा चुनौतीबारे व्यावहारिक ज्ञान हासिल गरे।
00:00 / 00:00
🔊
Audio By AI

मंसिर १२ गते । भुवानीशंकर बहुमुखी कलेजका विद्यार्थीहरूले साना किसान कृषि सहकारी संस्था कुमरोजमा शैक्षिक तथा अवलोकन भ्रमण गरेका छन्। कलेजको ‘अनुभवमूलक शिक्षण कार्यक्रम’ अन्तर्गत २५ जना विद्यार्थी तथा तीन जना शिक्षकको टोलीले उक्त अवलोकन भ्रमण गरेको हो।

शिक्षक टोलीमा ईएसपी संयोजक विकास चन्द्र अर्याल, यूजीसी (UGC) फोकल पर्सन सुवल सडौला तथा शिक्षक बाबुराम अर्याल सहभागी थिए। उद्यम गर्न चाहने विद्यार्थीहरूले सहकारीले उत्पादन गरेका वस्तुहरूको जानकारी लिने उद्देश्यले भ्रमण गरेको कलेजले जनाएको छ।

भ्रमणका क्रममा सहकारीका अध्यक्ष तेजप्रसाद बर्तौलाले संस्थाका बारेमा जानकारी गराएका थिए। उनले सहभागीहरूलाई सहकारीको व्यवस्थापन, सुशासन, ऋण प्रवाह, बचत संकलन, सञ्चालक समिति गठन तथा सहकारीले सञ्चालन गर्दै आएका विभिन्न परियोजनाबारे अनुभव साटासाट गरे। साना किसान सहकारी संस्था कुमरोजले आर्थिक तथा कृषि क्रियाकलापलाई सहयोग गर्ने उद्देश्यले विभिन्न सेवाहरू प्रभावकारी रूपमा उपलब्ध गराउँदै आएको उनले बताए।

अध्यक्ष बर्तौलाका अनुसार सहकारीले बिउ सुकाउने सेवा, गाई–चौपायाका लागि दाना उत्पादन, धान रोप्ने मेसिन सेवा, तोरीको तेल उत्पादन लगायत अन्य कृषि तथा सामुदायिक उन्मुख गतिविधिहरू सञ्चालन गरिरहेको छ।

विद्यार्थीहरूले सहकारीका पदाधिकारीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै गाउँ–केन्द्रित सहकारीहरूको कार्यप्रणाली, समुदाय विकासमा सहकारीको भूमिका तथा नेपालको कृषि अर्थतन्त्रमा रहेका अवसर र चुनौतीबारे व्यावहारिक ज्ञान हासिल गरेको कलेजका प्राध्यापक के.एन. सिलवालले जानकारी दिए।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI