अर्पण सहकारीको १६ औं साधारणसभा : उत्कृष्ट सदस्य, जेष्ठ सदस्य र विद्यार्थी सम्मानित
- यहाँ लेखको संक्षिप्त सारांश दिइएको छ:
- अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
- सभामा वार्षिक कार्ययोजना, प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
- कार्यक्रममा असल ऋणी, असल सेयर सदस्य, एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र ज्येष्ठ सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो।
अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
अर्पण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहदत्त पौडेल सुरजको अध्यक्षता एवम संस्थाका सेयर सदस्य तथा रत्ननगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष मेघनाथ पौडेल, पुर्व अध्यक्ष यमन भुसालले सुभकामना मन्तव्य राख्नु भएको थियो।
साधारण सभाको अवसर पारेर असल ऋणि, असल सेयर सदस्य, एस इ ई मा उत्कृष्ट अन्क ल्याउने सेयर धनीका छोरा छोरी र जेष्ठ सेयर सदस्यलाई सम्मान समेत गरिएको थियो।
संस्थाका उपाध्याय रामकुमार बजगाईले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा अध्यक्ष मोहदत्त पौडेलले बार्षिक कार्ययोजना र नीति तथा कार्यक्रम, सचीव महेश पाण्डेद्वारा प्रगती प्रतिवेदन,कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य कृष्ण प्रसाद आचार्यले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
रत्ननगर, खैरहनी र कालिका कार्यक्षेत्र रहेको उक्त सहकारीको करिव ४ हजार सेयर सदस्य रहेको छ। रत्ननगर १ बकुलहरमा मुख्य कार्यालय र खैरहनी ८ पर्सा बजारमा यसको सेवा केन्द्र रहेको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस