लुमन्ती परियोजनाको वार्षिक समिक्षा ,विपन्न परिवारलाई आवास निर्माण गरिदै

लोकप्रिय खबर
१४ मंसिर २०८२, आइतबार

मंसिर १४ । कालिका नगरपालिका नगरपालिकाभित्र संचालनमा रहेको समुदायको अगुवाईमा सामाजिक आर्थिक रुपान्तरणका लागि सामुदायिक सवलिकरण कार्यक्रमको समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रम गरिएको छ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ्ग, प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईं, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह बहादुर वाइबाले वार्षिक प्रगति विवरणका साथै आगामी वर्षको प्रस्तावित योजनाहरु प्रस्तुत गरेका थिए । प्रस्तुतीपछि खुला सत्र राखि सहभागिहरुलाई प्रस्तुतीका आधारमा जिज्ञासा, सुझावहरु राख्न समय दिईएको थियो ।
खुला सत्रका क्रममा कालिका नगरपालिका वडा नं. १० का अध्यक्ष नरजंग प्रजाले कालिका नगरपालिकाको वडा नं. १० र ११ मा चेपाङ्गहरुको बाहुल्यता रहेको र चेपाङ्गहरुको लागि आवास व्यवस्थापन कार्यक्रम अत्यावश्यक रहेकोले सोको विषयमा नगरपालिका र लुमन्तीले प्राथमिकता दिनुपर्ने बताए । कालिका नगरपालिका वडा नं. ३ का अध्यक्ष विरेन्द्र तामाङ्गले खाद्य सुरक्षाको सवालमा गरिने योजनाहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउन आवश्यक रहेको, कृषी कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, सिंचाईको व्यवस्थाका लागि बजेटहरु विनियोजना गरिनुपर्ने कुराहरुको उठान गरे । । त्यस्तै कालिका नगरपालिकाका शाखा अधिकृत प्रकाशचन्द्र पौडेलले समुदाय परिचालनको कामलाई थप प्रभावकारी बनाउनुपर्ने र विभिन्न निकायहरुसंग सहकार्य गरेर प्रभावकारी उपलब्धि हुने कामहरु गर्नुपर्ने आवश्यकता रहेको औंल्याए
खुलासत्रपश्चात फोहर व्यवस्थापनको सवालमा उल्लेख्य काम गरेबापत कालिका ३ को जनप्रियटोललाई प्रथम पुरस्कार, कालिका ३ को नवकिरणटोललाई द्दितिय पुरस्कार र कालिका ६ को सिमलघारी, गुरौचौरलाई तृतिय पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले लुमन्तीले संचालन गरिरहेको परियोजनाले विपन्न समुदायहरुको क्षमता अभिवृद्धी गरि सामुदायिक योजनाहरुमार्फत विपद् व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलन कार्यक्रमहरु गरिरहेकोमा खुशी व्यक्त गरे । समुदायहरुमा काम गर्ने सवालमा नगरपालिकाले तयार गरेको वार्षिक योजनाहरुसंग साझेदार गरेर विभिन्न सामुदायिक विकासका कामहरु सम्पन्न गरिसकेको उनले बताए । यो कार्यक्रमले स्थानिय तह, विपन्न समुदायहरुलाई सहकार्य गरेर काम गर्ने वातावरण तयार गरेकोमा प्रंसासा गरे आगामी वर्ष कालिका नगरपालिकाभित्रका अति विपन्न परिवारहरुलाई आवास व्यवस्थापन गर्नको लागि लुमन्तीसंग सहकार्य गर्ने योजना तयार भईसकेको प्रमुख रेग्मिले जानकारी दिए ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI