जनजागृति सहकारीको साधारणसभा : असल ऋणी र उत्कृष्ट कारोबार गर्ने सम्मानित

लोकप्रिय खबर
५ पुष २०८२, शनिबार

रत्ननगर,पौष ५ ।
रत्ननगर–१ बकुलहरमा रहेको श्री जनजागृति सहकारी संस्था लि.को ३०औँ साधारणसभा तथा आठौँ अधिवेशन शनिबार गरिएको छ । रत्ननगर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

साधारणसभामा उत्कृष्ट कारोबार गर्ने ९ जना शेयर सदस्य र २ जना असल ऋणीहरूलाई सम्मान गरिएको संस्थाका सचिव दीपेन्द्र शर्माले जानकारी दिए । उत्कृष्ट कारोबारतर्फ प्रेमबहादुर बुढाथोकी, डिल्लीराम आचार्य, खडानन्द आचार्य, रमा पौडेल, फडिन्द्रराज पौडेल, टंकनाथ पौडेल, अमृत मल्ल, द्रोपती खतिवडा र रामकृष्ण गिरी सम्मानित भएका छन् । त्यसैगरी असल ऋणीतर्फ रमेश सिंखडा र कोमल तिमिल्सिना सम्मानित भएका हुन् ।

यसैगरी संस्थाको भवन निर्माण समितिलाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष माधव पौडेलले बताए । सम्मानित हुनेहरूमा संयोजक चन्द्रकान्त ओझा, सचिव रामचन्द्र मिश्र, कोषाध्यक्ष हरिकला सापकोटा शर्मा तथा सदस्यहरू कृष्णप्रसाद कँडेल, तुलसीराम पाध्या, यशोदा रिजाल ढुङ्गाना र मिनाकुमारी आचार्य रहेका छन् ।

कार्यक्रममा अध्यक्ष माधव पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक मदनराज घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । घिमिरेका अनुसार गत आर्थिक वर्षमा संस्थाले ४ लाख ७२ हजार ५१२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घ चितवनका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार प्रेम दुवाडी, नेपाली कांग्रेस रत्ननगर नगर उपसभापति कमलनाथ अधिकारी, नेकपा (एमाले) नगर उपाध्यक्ष आशिक तामाङ, राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष नारायण आचार्य, संस्थाका पूर्व अध्यक्ष हरिलाल सुवेदी, सल्लाहकार रूपनराज घिमिरेलगायतको उपस्थिति रहेको थियो।

संस्थाका उपाध्यक्ष खगेन्द्रप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा शेयर सदस्यहरूको तर्फबाट एकबहादुर जिसी र पम्फा अर्यालले आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव दीपेन्द्र शर्माले गरेका थिए ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI