शमिपुरका विद्यार्थीलाई रमेशजंगले दिए साइकल

लोकप्रिय खबर
९ पुष २०८२, बुधबार

पुस ९ गते ।
एसईईमा कालिका नगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउदै आएको सुर्यपुर स्थित शमिपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई समाजसेवी तथा नेता रमेशजंग थापाले साइकल प्रदान गरेका छन् ।
विद्यालयको बार्षिकउत्सवको अवसरमा आज बुधबार थापाले दुइ थान साइकल सहयोग गरेका हुन् । थापाले बिगत तीन बर्षदेखि लगातार साइकल प्रदान गर्दै आएका छन् ।
विद्यार्थी ,युवाहरु माझ लोकप्रिय नेताका रुपमा चिनिएका थापाले अन्य विद्यालयहरुमा पनि सहयोग गर्दै आएका छन् ।
विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिदै थापाले यो सहयोगले ती विद्यार्थीलाई शिक्षालाई अगाडि बढाउन मद्दत गर्ने बिश्वास व्यक्त गरे ।
थापालाई आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट मेयरको प्रत्यासिको रूपमा समेत हेरिएको छ । थापासंगै मुरली प्रसाद गजुरेल ,बलराम दहाल लगायतले १० थान साइकल विद्यार्थीलाई दिएका हुन् ।
गजुरेल र खनाल पनि समाजसेवीका रूपमा परिचित अनुहार हुन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI