शमिपुर विद्यालयको बार्षिकउत्सव ,विद्यार्थीलाई साइकल,शिक्षकलाई सम्मान
पुस ९ गते ।
एसईईमा कालिका नगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउदै आएको सुर्यपुर स्थित शमिपुर माध्यमिक विद्यालयको बार्षिकउत्सव आज बुधबार सम्पन्न भएको छ ।
कालिका नगरपालिका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विद्यालय ब्यबस्थापन समिति अध्यक्ष सोमबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।
बार्षिकउत्सव समारोहका अवसरमा गत बर्ष एसईईमा चार जिपिए ल्याउने १० जना विद्यार्थीलाई साइकल उपहार प्रदान गरिएको थियो ।
कालिकाका समाजसेवी रमेशजंग थापा सहित मुरली प्रसाद गजुरेल ,बलराम दहाल लगायतले १० थान साइकल विद्यार्थीलाई दिएका हुन् ।
सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउन भुमिका खेल्ने बिषयगत शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समारोहमा विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस