रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा अंकित श्रेष्ठ चयन

लोकप्रिय खबर
१३ पुष २०८२, आइतबार

भरतपुर, चितवन | रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको वर्ष २०२६/२७ को अध्यक्षमा अंकित श्रेष्ठ निर्विरोध चयन भएका छन्। शनिबार आयोजित क्लबको दोस्रो ‘क्लब एसेम्ली’ समारोहले श्रेष्ठलाई आगामी कार्यकालका लागि नेतृत्व सुम्पिने निर्णय गरेको हो।

एसेम्लीका क्रममा वर्तमान अध्यक्ष (वर्ष २०२५/२६) अस्मी न्यौपानेले आफ्नो कार्यकालमा भएका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले आफ्नो ६ महिने कार्यकालमा चितवनका विभिन्न स्थानमा जाडो लक्षित न्यानो कपडा वितरण र विद्यालयहरूमा खानेपानी व्यवस्थापन लगायतका उल्लेख्य सामाजिक कार्यहरू सम्पन्न भएको जानकारी दिनुभयो।

नवनिर्वाचित अध्यक्ष अंकित श्रेष्ठले आफ्नो कार्यकालमा मुख्यतया दुई पक्षमा केन्द्रित हुने प्रतिबद्धता जनाउनुभएको छ: क्लब व्यवस्थापन: क्लबको आन्तरिक संरचना र कार्यक्षमतालाई सुदृढ बनाउने र बाल अधिकार: बालबालिकाको हक अधिकार र उनीहरूको हितका लागि सशक्त रूपमा सामाजिक गतिविधिहरू सञ्चालन गर्ने।
शुभकामना आदानप्रदान
कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका विनोदखन्डा तिमल्सिना र बद्रीनाथ पोख्रेलले नवनिर्वाचित अध्यक्षलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, क्लबका पूर्व अध्यक्षहरू डा. अपेक्षा श्रेष्ठ र सुरज भण्डारीले पनि श्रेष्ठको नेतृत्वमा क्लबले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभयो।
चितवन जिल्लामा सक्रिय सामाजिक संस्थाको रूपमा स्थापित रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटले विभिन्न सेवामूलक कार्यहरू मार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI