शिक्षा मन्त्री महावीर पुनको अपिलमा एवंम समाजिक अभियन्ता कृष पटेल तथा जेन्जी नेता चौरसियाद्वारा दोस्रो निःशुल्क कक्षा सञ्चालन”

लोकप्रिय खबर
२१ पुष २०८२, सोमबार

शिक्षा मन्त्री महावीर पुनको अपिललाई आत्मसात गर्दै सामाजिक अभियन्ता कृष पटेल तथा जेन्जी नेता चौरसियाको नेतृत्वमा दोस्रो निःशुल्क कक्षा सञ्चालन गरिएको छ। आर्थिक अभावका कारण धेरै विद्यार्थीको पढाइ प्रभावित भइरहेको अवस्थामा शिक्षा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले यो पहल गरिएको हो। विशेष गरी गरिब, दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गरी कक्षा सञ्चालन गरिएको चौरसियाले बताए।
यसअघि पहिलो चरणमा सञ्चालन गरिएको निःशुल्क कक्षाबाट उल्लेखनीय सफलता प्राप्त भएपछि दोस्रो चरण सुरु गरिएको हो। कक्षामा आधारभूत विषयवस्तुका साथै परीक्षा तयारी, करियर परामर्श र नैतिक शिक्षामा समेत ध्यान दिइने सामाजिक अभियन्ता कृष पटेलले जानकारी दिए। अभिभावक तथा स्थानीय समुदायले यस अभियानको खुलेर प्रशंसा गरेका छन्। शिक्षा मन्त्रीको अपिललाई व्यवहारमा उतार्दै गरिएको यो प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ र आर्थिक अवस्था कमजोर भएकाहरूका लागि आशाको किरण बनेको छ।

Topic: Class 9 free science tution
Time: Dec 21, 2025 08:00 AM Kathmandu
Join Zoom Meeting
https://us05web.zoom.us/j/89262857970?pwd=csq3U9VCeLno2u8oQk0xSRyUiHLkFU.1

Meeting ID: 892 6285 7970
Passcode: vD1mkC


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI