खैरहनीको ४ स्थानमा कानुनी घुम्ती शिविर
पुस २४ गते ।
खैरहनी नगरपालिकाको न्यायीक समितिले नगरको चार वटा स्थानमा अपाङ्गता लक्षित कानुनी घुम्ति शिविर गरेको छ । समुदायस्तरको कानुनी साक्षरता प्रवर्द्धन कार्यक्रम अन्तर्गत अपाङ्गता भएकाहरुलाई लक्षित गर्दै साविक ४ वटा गाविसमा घुम्ती शिविर संचालन गरेको हो । चैनपुर ,खैरहनी ,कठार र कुमरोजमा चार दिन कार्यक्रम गरिएको न्यायीक समिति संयोजक एवं खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले जानकारी दिइन ।
चैनपुरमा पुस २१ गते ,खैरहनीमा पुस २२ गते,कठारमा पुस २३ गते र कुमरोजमा बिहीबार अर्थात पुस २४ गते कानुनी घुम्ती शिविर गरिएको थियो । अपांगता भएका ब्यक्तिहरुलाई कानुनको पौंचसम्म पुर्याउन यो कार्यक्रम गरिएको उपप्रमुख उप्रेतीले बताइन् । अघिल्लो बर्ष गरिव,विपन्न समुदायलाई लक्षित गर्दै यस्तै किसिमको कार्यक्रम गरिएको थियोे । फाउदा परियोजनाको सहयोगमा कुमरोजमा बिहिवार आयोजित कार्यक्रम खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीको अध्यक्षता तथा नगर प्रमुख शशिकुमार खनियाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा न्यायिक समिति क्षेत्राधिकार, कानुनी विषयमा अधिवक्ता संजय कुमार चौधरी, अपाङ्गता अधिकार सम्बन्धमा केदार पौडेल, मिलन खरालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नगर प्रमुख शशीकुमार खनिया, उपप्रमुख कविता उप्रेति, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, वडाध्यक्ष केदारनाथ पन्त, गोमादेवी भुजेल लगायतले खैरहनी नगरपालिका, न्यायिक समिति लगायतले गरिरहेका गतिविधि तथा अपाङ्गताका क्षेत्रमा गरेका कार्यहरुका बारेमा बोलेका थिए ।




लोकप्रिय खबर



प्रतिक्रिया दिनुहोस