खैरहनी साना किसान सहकारीले टोलमै पुगेर बाड्यो ८८ लाख बोनश

लोकप्रिय खबर
२४ पुष २०८२, बिहिवार

ध्रुवराज खनाल ,पुस २४ गते ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड खैरहनीले करिब ८८ लाख रुपैयाँ बोनश वितरण गरेको छ । अघिल्लो बर्षहरुमा सम्बन्धित शेयर सदस्यको खातामा पैसा हाल्ने ब्यबस्था गरेकोमा यो बर्ष भने नगदनै बोनश दिएको हो । आर्थिक बर्ष २०८१/८२ को शेयर र संरक्षित पुजी कोषबाट ८८ लाख रुपैयाँ बोनश वितरण गरेको सहकारीका ब्यबस्थापक चन्द्रबहादुर लामिछानेले जानकारी दिए । बोनश वितरणका लागि सहकारीका कर्मचारी टोल टोलमा पुगेका थिए । सो सहकारीको २४ वटा अन्तर समुह छन् । भने ४ हजार ४६३ शेयर सदस्य छन् । ब्यबस्थापक लामिछानेका अनुसार ५५ लाख शेयर बोनस र ३३ लाख संरक्षित पुंजी कोषबाट बोनश वितरण गरिएको हो । नगद पाएको जस्तो खातामा पैसा हाल्दा सदस्यले अनुभुती गर्न पाएनन् ,ब्यबस्थापक लामिछानेले भने- हातमा पाउँदा संस्था प्रतिको माया,संस्था जोगाउन पर्छ भन्ने प्रेरणा मिल्ने संस्थाको बिश्वास छ ।

शेयर सदस्यहरुले पनि बोनश नगद पाउनुपर्ने सुझाव दिदै आएका थिए । कर्जा कारोबार गरेर पनि लाभांश पाइदो रैछ भन्ने प्रत्यक्ष अनुभुती सदस्यहरुले गरेको संस्थाले जनाएको छ । सो सहकारीमा १ हजार रुपैयाँ देखि १ लाख ५० हजार रुपैयाँ सम्म शेयर रहेको छ । संस्थाले एक हजार शेयर रकम रहेकोमा अब ५ हजार रुपैयाँ पुर्‍याउने योजना बनाएको छ । यो सहकारीले आर्थिक बर्ष २०८१/८२ मा २ करोड रुपैयाँ नाफा गरेको थियो । नाफा मध्य ८८ लाख रुपैयाँ सदस्यलाई बोनश वितरण गरिएको संस्थाकी अध्यक्ष शान्ति नेपालले जानकारी दिइन । सहकारीले टोलमै पुगेर बोनश वितरण गर्दा सदस्यहरु उत्साहित भएको आफुले पाएको संस्थाकी अध्यक्ष नेपालले बताइन् ।

साना किसान कृषि सहकारी संस्थाले बार्षिक ७० करोडको हाराहारीमा कारोबार गर्दै आएको छ । अहिले २ हजार जना ऋणि सदस्य छन् ।

यो सहकारीले सदस्यहरुको नेतृत्व बिकास,क्षमता बिकास,सीप बिकास गर्नुका साथै वित्तीय पौंचमा पुर्‍याउदै आत्मनिर्भर बनाउने काम गर्दै आएको छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI