खैरहनीमा ‘सुशासन र युवा’ विषयक अन्तर्क्रिया : कांग्रेसको प्रतिज्ञापत्रमा आधारित कार्यपत्र प्रस्तुत

लोकप्रिय खबर
९ फागुन २०८२, शनिबार

रत्ननगर । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिको आयोजनामा ‘सुशासन र युवा’ विषयक अन्तर्क्रिया कांग्रेस क्षेत्रीय कार्यसमिति खैरहनीमा सम्पन्न भएको छ । कार्यक्रममा कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरेबमोजिम चितवनको समग्र पूर्वाधार विकास र सुशासन कायम गर्न युवाको भूमिकाबारे दुई मह¤वपूर्ण कार्यपत्र प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. सुवासचन्द्र बरालले चितवनको पूर्वाधार विकासको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे ‘समुन्नतिको सेतु ः चितवनको पूर्वाधार विकास अवधारणा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चितवनलाई पर्यटन (सौराहा, मेघौली), कृषि तथा कृषिमा आधारित उद्योग (पोल्ट्री उत्पादन), उद्योग तथा व्यापार, र शिक्षा तथा स्वास्थ्य क्षेत्रको प्रमुख केन्द्रका रूपमा व्याख्या गरे ।

उनले सडक अव्यवस्था र ढिलाइ, बाढी र खडेरीको समस्या र अव्यवस्थित सहरीकरण चितवनका प्रमुख चुनौती रहेको कार्यपत्रमा औँल्याए । यस्तै, पूर्वाधार पुनर्संरचना र समाधानका लागि कार्यपत्रमार्फत् सडक सञ्जालको विस्तार (पूर्व–पश्चिम राजमार्ग विस्तार, भरतपुर चक्रपथ), मुग्लिन–नारायणगढ खण्डको उत्थानशील व्यवस्थापन र जलस्रोतको उचित व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

यसैगरी, नदीकिनार विकासका सन्दर्भमा बाढी नियन्त्रण र पर्यटन प्रवद्र्धनका लागि सौराहा–लोथर करिडोर, कयर खोला करिडोरजस्ता नदीकिनारमा इको–पार्कसहितका दिगो संरचना निर्माण गर्ने अवधारणा प्रस्तुत गरिएको थियो ।

नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख भएबमोजिम नारायणी नदी आसपासको क्षेत्रलाई ‘ग्रेटर चितवन’ नमुना सहरका रूपमा विकास गर्ने र तटबन्धलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्ने योजनालाई पनि जोड दिइएको छ ।

यस्तै, शिक्षाविद् तथा ज्ञान व्यवस्थापन विज्ञ डा. कृष्णप्रसाद पौडेलले ‘सुशासन र युवा’ विषयमा प्रस्तुतीकरण दिए । उनले सुशासनको प्रत्याभूति गराउन र राष्ट्रनिर्माणमा युवाको अर्थपूर्ण सहभागिताबारे प्रकाश पारे ।

नेपालको कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत युवा भए पनि उनीहरू बेरोजगारी, सीप अभाव र वैदेशिक पलायनजस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको भन्दै डा. पौडेलले युवाको वर्तमान अवस्थाबारे कार्यपत्रमा उल्लेख गरेका छन् ।
नेपालमा प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभाव सुशासन कायम गर्ने बाटोका मुख्य व्यवधानहरु भएको औँल्याउँदै डा. पौडेलले सुशासनमा युवाको भूमिकाबारे प्रकाश पारेका थिए ।

सार्वजनिक खर्च र सेवा प्रवाहमा निगरानी बढाउने र सूचनाको अधिकार प्रयोग गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान चलाउने र दबाब सिर्जना गर्ने, खुला डाटा र इ–गभर्नेन्सजस्ता प्रविधिको प्रवद्र्धन गर्ने, प्रमाणमा आधारित नीति निर्माणमा अनुसन्धान र सुझावमार्फत योगदान पु¥याउने काम युवाले गर्नुपर्ने उनले कार्यपत्रमा उल्लेख गरेका छन् ।

डा. पौडेलले २०४६ सालसम्म त्याग र निष्ठामा आधारित रहेको राजनीति २०५१ पछि पेसा र व्यवसायमा परिणत भएको बताए । उनले राजनीतिलाई पुनः सेवाभावमा फर्काउन युवाहरू सहभागी मात्र नभई परिवर्तनको नेतृत्वकर्ता बन्नुपर्ने कुरामा जोड दिए ।
अन्तक्र्रिया कार्यक्रमले चितवनको भौतिक पूर्वाधार विकासलाई सुशासन र युवा नेतृत्वको सशक्तिकरणसँग जोडेर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको विपद् न्यूनीकरण विज्ञ मनबहादुर थापाले बताए ।

चितवन–काठमाडौँ सम्पर्क समितिका सभापति ऋषिश्वर थपलियाले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक किरणभूषण सिंह ओलीले कांग्रेसले घोषणा गरेको भिजन–१० अवधारणा मतदातालाई बुझाउन जरूरी रहेको बताए । कांग्रेस मतदाताको घरदैलोमा पुग्दा वा मतदाता भेट्दा कांग्रेसका एजेन्डाहरु प्रष्टसँग राख्नसमेत नेताकार्यकर्ताहरुलाई आग्रह गरे ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI