भुवानी शंकर क्याम्पसको गतिविधिमाथी अन्तरक्रिया
बैशाख १९ गते । खैरहनीमा रहेको भुवानी शंकर क्याम्पसले पुर्वी चितवनका प्रधानाध्यापक तथा शिक्षाप्रेमीसंग अन्तरक्रिया गरेको छ ।
क्याम्पसमा हाल सञ्चालन भइरहेका प्रमुख कार्यक्रमहरु जानकारी गराउंदै ती कार्यक्रमलाई प्रभावकारी बनाउने बिषयमा विद्यालयका प्रधानाध्यापक र शिक्षाप्रेमिसंग अन्तरक्रिया गरिएको हो । सो अवसरमा क्याम्पस प्रमुख नवराज भट्टराईले क्याम्पसमा संचालित कार्यक्रमका बारे उपस्थित सरोकारवालालाई जानकारी गराएका थिए ।
भुवानी शंकर क्याम्पसले बिआइटी ,बिबिए ,बिएड ,एलएलबि ( ३ बर्षे ) पढाइ भईरहेका छन् । साथै आगामी शैक्षिक सत्र २०८३ देखि सञ्चालनमा ल्याउन लागेका योजनाका बारे पनि जानकारी गराईएको थियो । बिएचएम ( पर्यटन, आतिथ्य तथा सेवा क्षेत्रमा करियर निर्माण गर्न चाहने विद्यार्थीहरुका लागि ) ,बिपिएम ( सरकारी सेवा, प्रशासन तथा नीति निर्माणमा रुचि भएका विद्यार्थीहरुका लागि ) ,बिएएलएलबि ( +2 पश्चात् नै कानून अध्ययन सुरु गर्न चाहने विद्यार्थीहरूका लागि ) संचालन गर्ने तयारी छ ।
क्याम्पस प्रमुख भट्टराईले पूर्व चितवनको केन्द्रमा रहेको साझा संस्था,बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा स्थापित विश्वसनीय , गुणस्तरीय तथा व्यवहारिक शिक्षामा विशेष जोड,अनुभवी, दक्ष तथा सहयोगी शिक्षकहरुको साथ सुलभ शुल्कमा उत्कृष्ट तथा अद्यावधिक शिक्षा,विद्यार्थीमैत्री र अनुशासित शैक्षिक वातावरण,सीप विकास तथा रोजगारीमुखी शिक्षामा प्राथमिकता दिदै आएकाले यहि क्याम्पस उच्च शिक्षाका लागि उपयुक्त रहेको बताए ।
कक्षा १२ उत्तीर्ण गर्न लागेका विद्यार्थीहरुलाई उनीहरूको रुचि, क्षमता तथा भविष्यको सम्भावनालाई मध्यनजर गर्दै यहाँ संचालनमा रहेका र संचालनमा आउने समयसापेक्ष शैक्षिक कार्यक्रमहरुका उपयुक्त विषय छनोटमा मार्गदर्शनका लागि क्याम्पसले उपस्थित प्रधानाध्यापक तथा शिक्षाप्रेमिलाई आग्रह गरे ।
क्याम्पस संचालक समिति अध्यक्ष अमृत मैनालीको अध्यक्षतामा भएको कार्यक्रम प्राध्यापक केएन सिलवालले संचालन गरेका थिए ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस