द डिस्टिङ्ग्विस्ड जेन्टलम्यान्स राइड २०२६

चितवनमा ‘द डिस्टिङ्ग्विस्ड जेन्टलम्यान्स राइड २०२६’ आयोजना हुँदै

लोकप्रिय खबर
१ जेठ २०८३, शुक्रवार

भरतपुर – प्रोस्टेट क्यानसर तथा पुरुषहरुको मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने उदेश्य सहित रोयल राईनो राईडर्स मोटरसाईकल क्ल्व चितवनले मोटरसाईकल र्याली निकाल्ने भएको छ ।

‘द डिस्टिङ्ग्विस्ड जेन्टलम्यान्स राइड २०२६’ नाम दिईएको यो र्याली सन २०१२ मा अष्ट्रेलियाबाट सुरु भएको हो। चितवनमा यो अभियान सन २०१५ देखि रोयल राईनो राईडर्स मोटरसाईकल क्ल्वले सुरु गरेको हो।

क्लासिक तथा भिन्टेज मोटरसाईकल चालकहरु औपचारिक पोशाकमा एकै साथ र्यालिमा निस्कने रोयल राईनो राईडर्सका कल्व प्रतिनिधि राइनो डाक्टर शशांक कुमार सिंहले बताउनु भयो। मोटरसाईकलको स्वरुप परिवर्तन तथा ट्राफिक नियम उलंघनगर्ने मोटरसाईकललाई कार्यक्रम सहभागि नगराउने तथा सडक दुर्घटना न्युनिकरणकालागी जनचेतना फैलाउने समेत आफुहरुको उदेस्यरहेको क्ल्वका अध्यक्ष राईनो मन्दिपमान श्रेष्ठले बताउनुभयो।

जेठ ३ गते आइतवार बिहान ८ बजे ट्रयाम्प सोरुम एयरपोर्ट अगाडिबाट सुरुहुने र्यालि बसपार्कहुदै बाईपासरोड, मालपोतचोक हुदै तिनखोले गुम्बा पुगि बृक्षरोपण, बिश्व शान्तिको प्रथनागरि आपटाडिहुँदै पुल्चोकबाट एडम्स लंज एण्ड स्पोट्र्सवार बार्हघरे पुगि समापनहुने क्ल्वका अध्यक्ष्य श्रेष्ठले बताउनुभयो।

कार्यक्रममा ट्रयम्प सोरुम चितवन, समिट हेल्थकेयर अस्पताल भरतपुर लागायतका संघ सस्थाहरुको सहयोग रहेको क्ल्वका सचिव राईनो रुक्सन गुरुङले बताउनुभयो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI