जिल्ला प्रहरी कार्यालय चितवनद्वारा आयोजित परिचयात्मक कार्यक्रम

लोकप्रिय खबर
११ जेठ २०८३, सोमबार

जिल्ला प्रहरी कार्यालय चितवनमा हालै सरुवा भई आउनुभएका कार्यालय प्रमुख, प्रहरी उपरीक्षक (SP) रामेश्वर पौडेल र सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (DSP) चन्द्रभूषण यादवसँग आज पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख पौडेलले चितवनको सुरक्षा अवस्थाबारे आफू पूर्ण रूपमा जानकार रहेको बताउँदै, कुनै पनि प्रभाव र दबाबमा नपरी निष्पक्ष र निर्भिक रूपमा कर्तव्य पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख सुभाष भट्ट, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापा तथा नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली लगायतको उपस्थिति रहेको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI