साँग्रिला बोर्डिङमा नमुना निर्वाचन : प्रमुख ,उपप्रमुख र सदन प्रमुख चयन
जेठ २३ गते । राप्ती नगरपालिका–५, भण्डारा स्थित साँग्रिला ईङ्लिस बोर्डिङ स्कुलमा नमुना विद्यालय निर्वाचन गरिएको छ । निर्वाचनबाट छात्र प्रमुख,छात्रा प्रमुख तथा विभिन्न चारवटा सदनका प्रमुख र उपप्रमुखहरूको चयन गरिएको छ । विद्यार्थीहरूलाई निर्वाचन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा प्रजातान्त्रिक अभ्यासबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले निर्वाचन गरिएको बोडिङ्का प्राचार्य गोकुल सिलवालले जानकारी दिए ।
विद्यार्थीहरूले मतदान प्रक्रिया, उम्मेदवारी, नेतृत्व चयन, मताधिकारको प्रयोग तथा जिम्मेवार नागरिकको भूमिकाबारे प्रत्यक्ष अनुभव हासिल गरेका छन्। विद्यालयले यस प्रकारका गतिविधिबाट विद्यार्थीहरूमा नेतृत्व क्षमता, सहभागितामूलक संस्कार तथा लोकतान्त्रिक चेतनाको विकास हुने विश्वास व्यक्त गरेको छ।निर्वाचनको प्रमुख निर्वाचन आयुक्तको भूमिका विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख कमलराज थपलिया तथा मतदान अधिकृतको भूमिकामा कक्षा १० का विद्यार्थीहरू नेहा रुवाली, आरभ खतिवडा, कृपन ईटनी र नसिव पाण्डे मतदान सहायक अधिकृतको भूमिकामा सलिना श्रेष्ठ, सञ्जना कुमारी, आशुतोष खरेल र स्मृति सिलवाल तथा मतदान सहायकका रुपमा अस्मिता परियार, शिवानी रूवाली, अम्मी पाठक, शिक्षा वि.क., जेसिका पाठक, निर्वेश गौतम, प्रविण सापकोटा र प्रतिक चौधरी तथा कक्षा १० का अन्य विद्यार्थीहरू र स्काउटका विद्यार्थीहरूले स्वयंसेवक र सुरक्षाका जिम्मेवारी वहन गरेका थिए । निर्वाचनमा कुल २७९ मतदाता सहभागी हुन योग्य रहेकोमा २६४ मत खसेको थियो ।
मतदानबाट विद्यालय छात्र प्रमुखमा संजोग थपलिया,विद्यालय छात्रा प्रमुख ग्लोरी धरेल चयन भएका छन् । त्यस्तै निलो सदनको प्रमुखमा राजदिप नेपाल र उपप्रमुखमा निश्चल तमाङ, हरियो सदनको प्रमुखमा सेजल गुरुङ र उपप्रमुखमा प्रिन्स अधिकारी, रातो सदनको प्रमुखमा अस्विन श्रेष्ठ र उपप्रमुखमा समिना तिवारी,पहेँलो सदनको प्रमुखमा प्रिन्सेस गुरूङ र उपप्रमुखमा शिशिर घिमिरे चयन भएका प्रमुख निर्वाचन आयुक्त कमलराज थपलियाले जानकारी दिए । विजयी विद्यार्थीहरूलाई शुभकामना प्रदान गर्दै विद्यालयका प्रिन्सिपल गोकुल सिलवालले प्रमाणपत्र, माला, अबिर र पदक ब्याज प्रदान गरे ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस