चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव : १ हजार २२६ जनाद्वारा रक्तदान
रत्ननगर, ३० जेठ ।
जिल्लामा भइरहने रगतको अभावलाई कम गर्ने उद्देश्यका साथ चितवनमा आयोजित ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । ब्लड डोनर सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा महोत्सव गरिएको हो ।
भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित बृहत् रक्तदान कार्यक्रममा १ हजार २२६ जनाले रक्तदान गरेको सोसाइटीका कार्यकारी उपाध्यक्ष रमेश नेपालले जानकारी दिए ।
‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल सन्देश फैलाउन र रगतको मागलाई धान्न यो बृहत् महोत्सवको आयोजना गरिएको कार्यकारी उपाध्यक्ष नेपालले बताए ।
महोत्सवमा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदाताहरूलाई प्रोत्साहित गर्न यस पटकको महोत्सवमा विशेष आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको थियो । जसअनुसार रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई ‘फग सेन्ट’ अङ्कित विशेष कप उपहारस्वरूप प्रदान गरिएको थियो भने सेन्टको निःशुल्क परीक्षण गर्ने अवसर समेत उपलब्ध गराइएको आयोजकले जनाएको छ ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस