निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवन (सातौँ साधारण सभा तथा चौँथो अधिवेशन)

चितवन निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः केदारनाथ अधिकारी

लोकप्रिय खबर
३० जेठ २०८३, शनिबार

रत्ननगर, जेठ ३० ।
निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा पुनः केदारनाथ अधिकारी सर्वसम्मत चयन भएका छन् । संघको शनिबार सम्पन्न सातौँ साधारण सभा तथा चौँथो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा मदन हजरा पासवान, उपाध्यक्षमा कपिल घिमिरे, महासचिवमा कृष्णप्रसाद दुलाल, सचिवमा धनसिंह ठाडामगर र कोषाध्यक्षमा कृष्णबहादुर पौडेल चयन भएका छन् । यसैगरी सदस्यहरूमा धनीराम महतो, छविलाल भट्टराई, शिखाराम महतो, पिताम्बर महतो, हेमप्रसाद पन्त, अमरेश शाह, धनबहादुर तामाङ, सन्तोष श्रेष्ठ र मेवालाल रावत निर्वाचित भएका छन् ।

अधिवेशनका अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने ९ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा शशीधर क्षेत्री, दलबहादुर सुवेदी, नरबहादुर राना, भीमबहादुर माझी, कृष्णबहादुर तामाङ, प्रल्हाद ठाकुर, बाबुराम बराली, आनन्द दवाडी र बाबुराम श्रेष्ठ रहेका छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा लगायतले सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर सापकोटाले निर्माण व्यवसायीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने जोड दिए । उनले देश निर्माणमा व्यवसायीहरूको महत्त्वपूर्ण योगदान रहेकाले उनीहरूलाई सम्मानजनक नजरले हेर्नुपर्ने बताए । निर्माण व्यवसायीद्वारा निर्माण कार्य सम्पन्न भएपछि वास्तविक तथ्य नबुझी गरिने नकारात्मक टिकाटिप्पणी गलत भएको उनको भनाइ थियो ।

कार्यक्रमको मुख्य प्रायोजक ‘ब्रिज एडिटिभ्स’ का सेल्स म्यानेजर दीपक क्षेत्रीले कम्पनीका उत्पादन र यसको महत्त्वबारे प्रकाश पारेका थिए । सो अवसरमा कम्पनीको इन्जिनियरिङ टोलीद्वारा संस्थाका सदस्यहरूलाई प्राविधिक प्रशिक्षण समेत प्रदान गरिएको थियो ।साधारण सभामा अध्यक्ष केदारनाथ अधिकारीले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णबहादुर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज पाण्डे, तदर्थ जिल्ला समितिका अध्यक्ष बाबुराम श्रेष्ठ, संस्थापक अध्यक्ष विष्णुलाल महर्जन, निवर्तमान अध्यक्ष उत्तम घिमिरे, शिखर इन्स्योरेन्स कम्पनी टाँडी शाखाका प्रमुख लक्ष्मीप्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव कुलबहादुर राईले गरेका थिए ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI