रक्तदानसँगै सामाजिक उत्तरदायित्वमा ‘राइनो ट्रान्स्पोर्ट’ : शुभारम्भअघि पत्रकार सम्मेलन सम्पन्न

लोकप्रिय खबर
४ असार २०८३, बिहिवार

चितवन, असार ४। आगामी असार ६ गते शुभारम्भ हुन लागेको राइनो ट्रान्स्पोर्ट प्रालि ले आफ्नो औपचारिक सञ्चालनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन सम्पन्न गरेको छ।
खैरहनी नगरपालिका–९, चितवनस्थित राइनो ट्रान्स्पोर्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलन संस्थाका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाको हेल्पिङ लाइन सदस्यहरू दिनेश चौधरी, सिताराम चौधरी, साहिल श्रेष्ठ तथा रामेश्वर रिजाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार रामेश्वर रिजालले गर्नुभएको थियो।
पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले आगामी असार ६ गते शनिबार बिहान ८ बजे राइनो ट्रान्स्पोर्टको शुभारम्भसँगै लोटस फार्मेसीको सहकार्यमा खुला रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।
उहाँले राइनो ट्रान्स्पोर्ट सुरक्षित, भरपर्दो र समयमै ढुवानी सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको बताउँदै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै व्यापारिक गतिविधिलाई थप सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष विकास श्रेष्ठको दमदार भनाइ
“हामी व्यवसाय गर्न मात्र आएका होइनौं, समाजप्रतिको दायित्व पूरा गर्न आएका हौं। राइनो ट्रान्स्पोर्टले सुरक्षित, भरपर्दो र समयमै सेवा दिने प्रतिबद्धतासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिनेछ। रक्तदान जस्तो मानवीय अभियानबाट हाम्रो यात्रा सुरु हुनु आफैंमा गौरवको विषय हो। ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो, र त्यो विश्वासलाई कहिल्यै टुट्न दिने छैनौं।”
उहाँले ‘राइनो’ नामले मजबुती, विश्वास र भरपर्दोपनको सन्देश दिने उल्लेख गर्दै संस्थाले सामान ढुवानी, लजिस्टिक्स व्यवस्थापन, स्थानीय तथा लामो दूरीका सेवा, ट्रक, पिकअप तथा भ्यान भाडा सेवामार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताउनुभयो।
राइनो ट्रान्स्पोर्टले उद्योग, व्यवसाय तथा व्यक्तिगत प्रयोजनका सामान सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने लक्ष्य लिएको छ। उचित शुल्क, ग्राहकमैत्री व्यवहार र समयमै सेवा प्रदान गर्दै क्षेत्रीय स्तरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने कम्पनीको उद्देश्य रहेको छ।
अध्यक्ष श्रेष्ठले पत्रकारहरूको भूमिकाको प्रशंसा गर्दै संस्थाको जानकारी आम नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै उहाँले शुभारम्भ तथा रक्तदान कार्यक्रममा सम्पूर्ण सरोकारवाला निकाय, पत्रकार, व्यवसायी, समाजसेवी तथा स्थानीयवासीलाई सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो।
“रक्तदान जीवनदान हो। सामाजिक उत्तरदायित्व र सेवामूलक भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यक्रममा सबैको सक्रिय सहभागिताको अपेक्षा गरेका छौं,” उहाँले भन्नुभयो।
राइनो ट्रान्स्पोर्टले ग्राहकलाई छिटो, सुरक्षित र विश्वासिलो ढुवानी सेवा प्रदान गर्दै चितवनको यातायात तथा लजिस्टिक्स क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI