मञ्जुश्री फाइनान्सद्वारा बैरिया माविका विद्यार्थीलाई स्वच्छ पानी पिउने यन्त्र उपहार: वाटर डिस्पेन्सर हस्तान्तरण

लोकप्रिय खबर
३० असार २०८३, मंगलबार

चितवन, टाँडी।
मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालय तहका बालबालिकाहरूको स्वास्थ्य र सहजतालाई ध्यानमा राख्दै परोपकारी कार्य गरेको छ। फाइनान्सको टाँडी शाखाले स्थानीय श्री बैरिया माध्यमिक विद्यालयलाई एक थान आधुनिक पिउने पानी वितरण यन्त्र (वाटर डिस्पेन्सर) हस्तान्तरण गरेको हो।

विद्यालय प्राङ्गणमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच विद्यार्थी तथा विद्यालय परिवारलाई स्वच्छ र सुरक्षित पिउने पानीको सहज पहुँच उपलब्ध गराउने उद्देश्यले उक्त यन्त्र सहयोग स्वरूप प्रदान गरिएको फाइनान्सले जनाएको छ।

“विद्यार्थीहरूको स्वास्थ्य नै हाम्रो प्राथमिकता हो। विद्यालय समयमा उनीहरूले स्वच्छ पिउने पानी पाऊन् र स्वास्थ्यमा कुनै प्रतिकूल असर नपरोस् भन्ने हेतुले यो सानो सहयोग गरेका हौँ,” हस्तान्तरण कार्यक्रममा शाखाका प्रतिनिधिले बताए।

सामाजिक कार्यमा मञ्जुश्रीको निरन्तरता

मञ्जुश्री फाइनान्स लिमिटेडले व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै लैजाने नीति लिएको छ। हरेक वर्षझैँ यस वर्ष पनि संस्थाले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ। आगामी दिनहरूमा पनि समाजको रूपान्तरण र हितका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता फाइनान्सले व्यक्त गरेको छ।
देशभर बलियो नेटवर्क

हाल मञ्जुश्री फाइनान्स लिमिटेडले देशभर आफ्ना २८ वटा शाखा कार्यालय तथा १ वटा एक्सटेन्सन काउन्टर मार्फत ग्राहकवर्गलाई अत्याधुनिक र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI