बाढीपीडितको राहतका लागि भर्जिनियाको ‘हाम्रो भजन समूह’बाट ५ लाख बढीको सहयोग

लोकप्रिय खबर
१४ भदौ २०८३, आइतबार

नेपालका बाढी तथा प्राकृतिक प्रकोप पीडितहरूका लागि अमेरिकाको भर्जिनियामा सक्रिय ‘हाम्रो भजन समूह’ ले ५ लाखभन्दा बढी रकम राहत सहयोग प्रदान गरेका छन्। विगत तीन वर्षदेखि भर्जिनियामा धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधि गर्दै आएको समूहले संस्थागत कोषबाट रु. १ लाख ५२ हजार र सदस्यहरूको व्यक्तिगत पहलमा रु. ३ लाख ५० हजारभन्दा बढी सङ्कलन गरी नेपाल पठाएको हो। धर्म र संस्कृति दुःखमा परेकालाई सहयोग गर्नु पनि हो भन्ने भावनाका साथ राहत रकम पठाइएको समूहका अध्यक्ष भरत सुबेदीले जानकारी दिए। समूहले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। अध्यक्ष सुबेदीले राहत संकलनमा मार्गदर्शन र सहयोग गर्ने वरिष्ठ संरक्षक हरिप्रसाद तिमिल्सिनासहित समूहका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI