रत्ननगरका किराना तथा खाद्य व्यवसायीको नेतृत्वमा ओमप्रकाश शाह कलवार, व्यवसायीक हकहितका लागि एकबद्ध हुने प्रतिबद्धता

उपाध्यक्षमा कमल मोहता, महासचिवमा नवराज तिमिल्सेना, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा विनोद बागडी

लोकप्रिय खबर
२० भदौ २०८३, शनिबार

चितवन, भाद्र २० — किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार होटल स्टार चितवनमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले ओमप्रकाश शाह कलवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नयाँ गठित समितिको उपाध्यक्षमा कमल मोहता, महासचिवमा नवराज तिमिल्सेना, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा विनोद बागडी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा आशिष लामिछाने, विष्णु श्रेष्ठ, गौरीशंकर शाह, तेज प्रसाद सुवेदी, डिल बहादुर बस्नेत, सीताकुमारी ढकाल, इन्दिरा कुमारी जोशी र शुशिला लामिछाने सापकोटा निर्वाचित हुनुभएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक टेकनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।

संस्थाका अध्यक्ष शिवराज मैनालीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन सत्रको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले औपचारिक उद्घाटन गर्नुभएको थियो। १५ वर्षअघि स्थापना भए तापनि संस्थालाई एक वर्षअघि मात्रै जिल्ला प्रशासन कार्यालयमा विधिवत रूपमा दर्ता गरी पहिलो साधारण सभा गरिएको हो।

कार्यक्रममा अध्यक्ष मैनालीले आगामी नीति, कार्यक्रम तथा संस्थाको प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो भने कोषाध्यक्ष विनोद बागडीले आय-व्ययसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संघका महासचिव नवराज तिमिल्सेनाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष ओमप्रकाश शाह कलवारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारण सभाको अवसरमा व्यवसायीक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संघका पूर्व अध्यक्षहरू यमनाथ आचार्य, नारायण प्रसाद श्रेष्ठ, बद्री प्रसाद आचार्य, ऋषि सिंह ठकुरी, हरि अधिकारीका साथै निर्वतमान कार्यसमितिलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञान बहादुर विसुराल, वरिष्ठ उपाध्यक्ष निराजन खनाल, संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वी चितवन वितरक संघका अध्यक्ष विक्रम खड्का र रिजाल फुड्सका सञ्चालक पुरुषोत्तम रिजाल लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वलाई बधाई दिएका थिए।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI