महुली लघुवित्त टाँडी शाखाद्वारा किसानलाई कृषि तथा पशुपालनसम्बन्धी तालिम
रत्ननगर,मंसिर २६ ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको टाँडी शाखाले शुक्रबार एकदिने कृषि तथा पशुपालन तालिम सम्पन्न गरेको छ । रत्ननगर–१, निपनिमा आयोजित तालिमको उद्घाटन रत्ननगर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले गरेका थिए ।
तालिममा संस्थामा आबद्ध ३५ जना किसानको सहभागिता रहेको टाँडी शाखा प्रमुख मुकेशप्रसाद चौधरीले जानकारी दिए । तालिमको सहजीकरण रत्ननगर नगरपालिका पशु चिकित्सक लसता श्रेष्ठ र कृषि प्राविधिक अंकित लुइटेलले गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष सापकोटाले यो तालिमले कृषकहरूलाई वैज्ञानिक र व्यवसायिक तरिकाले कृषि तथा पशुपालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सहभागी किसानहरूलाई सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह समेत गरे ।
तालिममा लघुवित्त अनुगमन कार्यालय गैडाकोटका अनुगमन अधिकृत विष्णुदेव चौधरी, केरा उत्पादक संघका सदस्य शिवकान्त न्यौपाने, लघुवित्तका कृति गुरुङलगायतको उपस्थिति रहेको थियो ।
सेवा केन्द्र प्रमुख गायत्री क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी जोन प्रजाले गरेका थिए । विगत १३ वर्षदेखि सेवा प्रदान गर्दै आएको महुली लघुवित्तले चितवनको रत्ननगर र माडी क्षेत्रसहित देशभर ६४ वटा शाखा सञ्चालन गरिरहेको छ ।




लोकप्रिय खबर



प्रतिक्रिया दिनुहोस