पञ्चकन्या विद्यामन्दिरमा ‘PKVM Talent Hunt 2082’ भव्यताका साथ सम्पन्न

लोकप्रिय खबर
१ फागुन २०८२, शुक्रवार

कक्षा १ देखी ७ सम्म अध्ययनरत ​विद्यार्थीहरूलाइ लक्षीत गरेर अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने प्रमुख उद्देश्यका साथ पञ्चकन्या विद्यामन्दिरले आयोजना गरेको ‘PKVM Talent Hunt 2082’ आज एक विशेष समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ।

​विद्यालयकी हेड गर्ल रोशलिन ढकालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष अमृत अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी, कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ न्यौपाने र विद्यालयका प्राचार्य भुवन सिं थापाले विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएको थियो।

​कार्यक्रमका अन्य अतिथिहरूमा विद्यालय सञ्चालक समितिका अध्यक्ष दीपक लामिछाने र विद्यालय परीक्षा विभागका प्रमुख ध्रुव पाठकको उपस्थिति रहेको थियो। ट्यालेन्ट हन्टमा सहभागी विद्यार्थीहरूको कला र क्षमताको मूल्याङ्कन गर्नका लागि सुनिल रिमाल, बद्रिनाथ न्यौपाने र डी.एन. न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

​विभिन्न विधामा विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुति
​यस प्रतिभा पहिचान कार्यक्रममा नृत्य, गायन, नाटक, मादलवादन, वक्तृत्वकला, कविता वाचन, मार्सल आर्ट र हास्यलगायतका विभिन्न विधाहरू समावेश गरिएका थिए। विभिन्न विधामा प्रतिस्पर्धा गर्दै निम्नलिखित विद्यार्थीहरूले प्रथम स्थान हासिल गर्न सफल भएका छन्:

​नृत्य: सान्भी पान्डे (कक्षा १)
​गायन: स्वरा भट्ट (कक्षा ५)
​नाटक: असिम ढकाल (कक्षा ६)
​मादलवादन: आग्नेय कर्माचार्य (कक्षा ३)
​वक्तृत्वकला: दिप्सन लामिछाने (कक्षा ४)
​कविता वाचन: दिवयानी गौतम (कक्षा २)
​तेक्वान्डो: जेशिका क्षेत्री (कक्षा ७)
​कराते: शिशिर गुरुङ (कक्षा ४)
​आर्ट (चित्रकला): प्रशिक सुनार (कक्षा ७)
​हास्य विधा: सौगात बराकोटी (कक्षा ७)

​कार्यक्रमको अन्त्यमा विभिन्न विधामा विजयी हुने सम्पूर्ण छात्रछात्राहरूलाई उपस्थित अतिथिहरूद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र हौसला प्रदान गरेको विद्यालय परिवारले जनाएको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI