अन्तराष्ट्रिय मञ्चमा छहारी डोजाङ्गकि सुहानी थापाको स्वर्णिम सफलता
चितवन,फागुन ७ – रत्ननगर नगरपालिका वडा नं–१२, श्री गणेश टोल निवासी सुहानी थापाले राजधानी काठमाडौं मा सम्पन्न 4th Mt. Everest InternationalTaekwondo Championships मा नेपालकाे प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल भएकी छन्।
रत्ननगर-१५स्थित छहारी तेक्वान्दो डोजाङ्गकी प्रतिभाशाली खेलाडी थापाले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गरेपछि उनको यो उपलब्धिले स्थानीय समुदायसहित समग्र राष्ट्रलाई गर्वान्वित बनाएको छ।
कडा मेहनत, अनुशासन र निरन्तर अभ्यासको बलमा उनले हासिल गरेको यो सफलता नेपाली खेलकुद क्षेत्रका लागि प्रेरणादायी उपलब्धि बनेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राख्न सफल भएकी थापा युवापुस्ताका लागि उदाहरणीय व्यक्तित्वको रूपमा उदाएकी छन्।
उनको यो ऐतिहासिक जितले भविष्यमा अझ ठूला उपलब्धिहरू हासिल गर्ने विश्वास बढाएको छ। खेलप्रतिको समर्पण र दृढ इच्छाशक्तिले उनी अझ धेरै उचाइमा पुग्ने अपेक्षा गरिएको डोजाङ प्रशिक्षक सन्देश बस्ताकोटिले जानकारी गराए।
सुहानी थापालाई यस उपलब्धिका लागि सर्वत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ। मेहनतले सफलता दिलाउँछ भन्ने सन्देशसहित उनले देखाएको यो उपलब्धि नेपालका लागि गर्वको विषय बनेको छ।




लोकप्रिय खबर



प्रतिक्रिया दिनुहोस