सांसद हरि ढकाल अस्पताल भर्ना : नाकको सफल शल्यक्रिया

लोकप्रिय खबर
५ साउन २०८३, मंगलबार

रत्ननगर, साउन ५ ।
चितवन क्षेत्र नम्बर १ का सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको नाकमा समस्या देखिएपछि सफल शल्यक्रिया गरिएको छ। भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक अस्पतालमा उनको नाकको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बेदप्रसाद आचार्यले जानकारी दिएका छन् । चिकित्सकको सल्लाहअनुसार सांसद ढकाल केही दिन अस्पतालमै उपचाररत रहनेछन्। शल्यक्रियापछि उनलाई चिकित्सकले करिब १५ दिनसम्म पूर्ण रूपमा आराम गर्न सुझाव दिएका छन्। स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै ढकाल आगामी केही दिनसम्म सबै प्रकारका सार्वजनिक गतिविधि तथा कार्यक्रमहरूबाट टाढा रहने नेता आचार्यले बताए।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI