दिवंगत कीर्तिमानी आरोही निर्मल पुर्जासहितका आरोहीहरूप्रति कालिकामा भावपूर्ण श्रद्धाञ्जली अर्पण
कालिका, चितवन

विश्वविख्यात कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित निधन भएका ६ जना नेपाली आरोहीहरूको सम्झनामा कालिका–८, चिसोपानी गैरीबारी चोकमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम श्रद्धापूर्वक सम्पन्न भएको छ। कालिका युथ र कालिका ओपन स्काउट क्रुको संयुक्त आयोजनामा उक्त श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो।

स्थानीय युवाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले मैनबत्ती बालेर दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै मृतआत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गरेका थिए। हिमालको काखमा नेपालको नाम विश्वभर उँचो राख्न अतुलनीय योगदान पुर्याएका वीर आरोहीहरूको असामयिक निधनले देशले नै अपूरणीय क्षति व्यहोर्नुपरेको भन्दै सहभागीहरूले उनीहरूको साहसिक योगदानको स्मरण गरे।

कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको थियो। आयोजक कालिका युथले कार्यक्रममा ध्वनि व्यवस्थापन (साउन्ड सिस्टम) मा सहयोग पुर्याउने लाहुरेचोकस्थित राम इलेक्ट्रोनिक्स एण्ड मोबाइल हाउस तथा शान्ति सुरक्षा एवम् व्यवस्थापनमा सहयोग गर्ने जुटपानी प्रहरी चौकीप्रति विशेष आभार व्यक्त गरेको छ। साथै, कार्यक्रममा उपस्थित भई दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने सम्पूर्ण स्थानीय, शुभचिन्तक तथा महानुभावहरूलाई आयोजकका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।













लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस