असोज १ देखि कात्तिक मसान्तसम्म साल्ट ट्रेडिङ्गको सुपथ मुल्य पसल संचालन

लोकप्रिय खबर
७ असोज २०८३, बुधबार

चितवन । हरेकबर्ष जस्तै यो बर्ष पनि चाडपर्व लक्षित साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सुपथ मुल्य संचालनमा ल्याईएको छ । नारायणगढमा रहेको यो साल्ट ट्रेडिङ्गले यही असोज १ गतेदेखि कात्तिक मसान्त सम्म उक्त सुपथ पसल संचालनमा ल्याएको हो ।
उपभोक्तालाई दैनिक उपभाोग्य सामानको खरीदमा केही सहुलियत प्रदान गर्ने उद्धेश्य सहित सुपथ मुल्य संचालनमा ल्याईको कार्यालय प्रमुख बुद्धि बिनोदले जानकारी दिनुभयो ।

अघिल्ला बर्षहरुमा पनि दशै तिहार छड जस्ता चाडलाई लक्षित गर्दै सुपथ पसल संचालनमा ल्याइर्एको थियो प्रमुख दाहालले भन्नुभयो, यसबर्षपनि निरन्तरता दिएका हौं । यसले बजारमुल्यलाई केही हदसम्म नियन्त्रण गर्न पनि मदत पुग्छ ।Ú उहांँका अनुसार सुपथ मुल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तु चिनी, नुन, खानेतेल दाल, पिठो मैदा चिउरा लगायतका उपभोग्य सामाग्री सहुलियत दरमा पाउनेछन । ग्राहकले एक दिनमा ा ६ केजी सम्म चिनी र नुन र ४ केजीसम्म दाल पिठो, मैदा र चिउरा र खानेतेल खरीद गर्न पाइने उहांँले बताउनु भयो ।

यसैगरी उपभोक्ताले जिरा, धनियांँ , भुजा , चामल , चियापत्ती, गेडागुडी सोयाबीन साबुन लगायतका सामाग्रीहरु पनि आवश्यकता अनुसार खरिद गर्न सक्नेछन । सुपथ मुल्यमा उपभोक्ताको आकर्षण क्रमश बढ्दै गएको उहांँको भनाई छ ।

यही असोज ६ गतेदेखि संचालनमा आएको सुपथ मुल्य पसल बिहान सवा ९ बजेदेखि बेलुका सांँढे ४ बजेसम्म संचालन हुनेछ । कार्यालयले गतबर्ष ४१ करोड ५६ लाख ६२ हजार सातसय रुपैंयाको कारोबार गरिएको जनाएको छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI