कावासाेती वडा नं १३ वडा अध्यक्षका उम्मेदवार रानाले घरदैलो कार्यक्रममा आशिर्वाद लिदै

नवलपुर,बैशाख २१
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लाई नियाल्दै घरदैलो तथा चुनावी सभालाई सम्बाेधन गर्नुहुँदै नेपाली कांग्रेस कावासाेति नगरपालिका वडा नं १३ का उम्मेदवार विनाेद रानामगरले कावासाेतीलाई समृद्ध बनाउन र विकासको लागि अाफु कटिबद्ध रहेकाे बताउनुभयाे । यसैक्रममा आज वडा नं १३ का विभिन्न स्थानमा घरदैलो सहित चुनावी सभा सम्पन्न गरेका छन् । अाज विहान देखि वडा नम्बर १३ काे टेङग्री ,कुश्नहरी र लौखानी लगाएतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो। त्यस्तै वडा नम्बर १३ का जनताका गुनासाे अनुसार महिला दिदिबहिनी तथा युवाहरुले राेजगार नपाएकाे र शिक्षा क्षेत्रमा पनि पछि परेकाे बताउएका छन् । आफुले सक्दाे महिला दिदिबहिनी तथा युवाहरुलाई अघि राखेर राेजगार दिने र वडा काे विकासका लागि विभिन्न क्षमता मुलक कार्यक्रम राख्ने ,कृषि तथा सम्पूर्ण बाटाे देखि लिएर शिक्षा सम्म विकासलाई तिव्र गतिमा अघि बढाउने बताउनु भएकाे छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker