प्रत्येक सुकुम्बासीको हातहातमा लालपुर्जा पु¥याउने आफनो पहीलो प्राथमिकता रहेको˗ गैडाकोट मेयर पदका उम्मेदवार अधिकारीको दावि

बैशाख २२ नवलपुर
यही आउदो बैशाख ३० गते हुन गइरहेको आसन्न स्थानिय तहको निर्वाचन नजिकीदै गर्दा विभिन्न दलहरुले घरदैलो अभियानलाइ तिव्रता दिएका छन् । यसैक्रममा नेपाली कग्रेस गैडाकोट नगरपालिकाले नगरभित्रको विभिन्न स्थानमा मतदाताहरुलाइ भेटि प्रतिवद्धता व्यतm गर्दै मतमाग्ने क्रम जारी राखेको छ ।
मतदाताहरु समक्ष नेपाली कग्रेस गैडाकोट नगरपालिकाका मेयर पदका उम्मेदवार मदनभतm अधिकारीले आफनो पहीलो प्राथमिकता सुकुम्बासीहरुलाइ लालपुर्जा वितरण गर्ने बताउनुभएको छ । आफनो क्षेत्रको मुख्य समस्या नै सुकुम्बासी समस्या भएकोले जितपछिको पहिलो कार्य प्रत्येक सुकुम्बासीको हातहातमा लालपुर्जा पु¥याउने बताउनुभएको छ ।
यसैगरी मेयर पदका उम्मेदावर अधिकारीले गैडाकोट नगरपालिका सुगम देखि दुर्गम सम्मको अर्को समस्या बाटो घाटो रहेकोले नागरीकको सहज सुविधाको लागी सबै स्थानलाइ स्तरीय सडक निर्माण गरी विकासको मुल फुटाउने बताउनुभएको छ ।
त्यस्तै गुणस्तरीय शिक्षा, धार्मिक विकास, ढल निकास, सहकारी क्षेत्रको विकास, घरघरमा समाजिक सुरक्षा भत्ता एवं युवा सरोजगार आफनो मुख्य एजेण्डा रहेकोले मतदाता समक्ष पुरा गर्ने अधिकारीले बताउनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker