गठबन्धन का उमेदवार लाई बिजय गराउ: जिल्ला सभापति महेन्द्रध्वज जिसि

कावासोती स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्र बाकी रहेको छ। उमेदवारहरुले घर दैलो अभियानलाई तिब्रता दिइरहेका छन । नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनका उम्मेदवारले कावासोती नगर भित्र आफ्ना प्रतिबद्धता सहित घरदैलो अभियान भेटघाट लाई तीब्र पारेका छन् । यसैक्रम मा बिहिवार कावासोती ८ मा जिल्ला सभापति महेन्द्रधज जिसिले सम्बोधन गर्नु भएको छ।
‘गठबन्धनले कावासोती नगरमा
गुणस्तरीय शिक्षा, स्वास्थ्य , रोजगारी सिर्जनाका लागि कृषि र पर्यटनमा लगानी, आधारभुत स्वास्थ्यमा हरेक नागरिकको पहुँच, नगर अस्पताल सञ्चालन, युवाहरूलाई सिप र उद्यमशिलता मार्फत रोजगार सिर्जना गर्ने प्रतिबद्धता
व्यक्त गरेको जिल्ला सभापति महेन्द्रध्वज जिसिले बताउनु भयो ।
उहाँले गठबन्धनका उम्मेदवारले घोषणा गरिएका प्रतिबद्धता अनुसार काम गर्नेमा सबैमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले गठबन्धन का उमेदवार लाई बिजय गराउन सबै लाग्नु पर्ने बताउनु भयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker