जनताको अपेक्षा एक वर्ष भित्र पुरा गर्न आफ्नो उम्म्ोदवारी .ं पोख्रेल

स्थानीय चुनाव आउँन एक साता मात्र बाँकी छ । उम्मेदवार घरदैलो र भेटघाटलाई तिव्रता दिईरहेका छन् ।
आफ्नो पोल्टामा मत कसरी पार्न सकिन्छ भन्ने तर्फ केन्द्रित रहेर लागि परेका छन् । आफ्ना प्रतिबद्धता पत्र (घोषण पत्र) सार्वजनिक गर्दै घरदैलो अभियानलाई तिव्र पारेका छन् । यसैक्रममा कावासोती नगरपालिकाका प्रमुख , उप्रमुख पदका उम्मेदवार महेन्द्र पोख्रेल र पतिराम थनेत सहितको गठबन्धनको टोलीले कावासोतीका विभिन्न वडामा आफ्नो घरदैलो अभियानलाई जारि राखेको छ ।
शुक्रबार कावासोती वडा नं ७, ८, ९ र १० मा आफ्नो प्रतिबद्धता सहित जनताको गुनासा सुन्ने र त्यसलाई समाधान गर्न आफु लागिपर्नै बताएका छन् । कावासोतीको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउँन आग्रह गरेका छन् । कावासोतीमा निर्माण हुन नसकेका भौतिक पूर्वाधारलाई आफु विजयी भएपछि पुरा गर्नै बाचा व्यतm गरेका छन् । कावासोतीका नगरबासीलाई आफुले दिएको मतको सम्मान गर्दै उनिहरुको सल्लाह र सुझावलाई आत्मसाथ गर्ने नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार महेन्द्र पोख्रेलले प्रतिबद्धता व्यतm गर्नु भएको छ ।
कावासोतीको शिक्षा , स्वास्थ्य , खानेपानि , विधुत, सुकुम्वासी समस्या , भौतिक पूर्वाधारलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर कार्य गर्नै उहाले बताउनु भयो ।एक पटक काम गर्नै अवसर प्रदान गरि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अनुरोध समेत गर्नु भयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker