रत्ननगर मेयर कप फूटबल : भरतपुर महानगरपालिका विजयी

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जारी अन्तरपालिका स्तरीय मेयरकप अन्तर्गत मंगलबार भएको खेलमा भरतपुर महानगरपालिका विजयी भएको छ । कालिका नगरपालिकालाई १–० को गोल अन्तरले पराजित गर्दै भरतपुर महानगरपालिका विजयी भएको आयोजक रत्ननगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले जानकारी दिए । भरतपुर नगरपालिकाको जितको लागि हार्दिक भण्डारीले निर्णायक एक गोल गरेका थिए । प्रतियोगितामा भण्डारी नै म्यान अफ दी म्याच घोषित भएका थिए । उनलाई कालिका नगरपालिकाका मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङले पुरस्कार हस्तान्तरण गरेका थिए । चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए । भोली बुधबारको खेल आयोजक रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिका बीच हुने आयोजकले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker