भिमोदय स्वर्णमहोत्सव : विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जना सम्मानित

कालिका,पौष ११- चितवनको कालिका नगरपालिका वडा नम्वर-५ पदमपुरमा अवस्थित भीमोदय नमुना माध्यमिक विद्यालयमा जारी स्वर्णमहोत्सव कार्यक्रम अन्तर्गत बुधबार विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जनालाई सम्मान गरिएको छ ।

विद्यालयले स्वर्णमहोत्सवको पाँचौ दिन आज पुर्व अक्षयकोष दाता ७ जना, पुर्व शिक्षक १०६ जना, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य ३७ जना, पुर्व विद्यालय कर्मचारी ७ जना र २५००० सम्म सहयोग प्रदान गर्नुहुने ३५० जना गरि ५०७ जनालाई सम्मान गरेको हो।

स्थापनाको ५३ औं वर्ष पुगेको अवसरमा आयोजित स्वर्णमहोत्सव कार्यक्रम यहि पौष छ गतेदेखि सुरु भएको हो ।

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा  स्वर्णमहोत्सव मूल आयोजक समिति संयोजक एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठ, प्रधानाध्यापक इन्द्रनाथ पौडेल, वडा नं. ५ का वडाध्यक्ष दिपकबहादुर भट्टराई लगायतले सम्मानित हुने व्यक्तिहरुलाई खादा लगाएर सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले सरकारले लगानी गरे बमोजिम सामुदायिक विद्यालयले नतिजा निकाल्न नसक्दा चिन्ता थपिएको बताए । शिक्षक कर्मचारीको सेवा सुविधा र भौतिक निर्माणको लागी सरकारले ठुलो लगानी गरेको भएतापनि संस्थागत विद्यालय संगको प्रतिस्पर्धामा सामुदायिक विद्यालय निक्कै पछाडी रहेको उनले बताए । कार्यक्रममा बोल्दै उनले कालिकाको नगर अस्पताल स्तरोन्नतिको लागी प्रदेश सरकारले केहि रकम विनियोजन गरेको र उपकरण खरिदमा पनि सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको साँस्कृतिक कार्यक्रम समेत सन्चालन भएको थियो।

स्वर्णमहोत्सव कार्यक्रम यहि पौष १३ गते सम्म जारी रहनेछ । भोली ८:०० बजे प्रभातफेरी, पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, शैक्षिक बहस लगायतका कार्यक्रम रहनेछन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker