चितवनमा ‘राम नाम सत्य’ चलचित्रको छायांकन सुरु

लोकप्रिय खबर
२३ कार्तिक २०८२, आइतबार
सारांश
Summary by AI
  • चलचित्र ‘राम नाम सत्य’ को छायांकन पूर्वी चितवनको रत्ननगरबाट औपचारिक रूपमा सुरु भएको छ।
  • झण्डै ८० प्रतिशत दृश्य चितवनमै खिचिने यो चलचित्रको शुभारम्भ चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले गर्नुभयो।
  • माइकल चन्दको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रमा विराज भट्ट मुख्य भूमिकामा छन्।
  • चलचित्रले चितवनलाई फिल्म सिटीका रूपमा चिनाउने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ।
  • यो चलचित्र आगामी वर्ष २०८३ चैत २७ गते रिलिज गर्ने योजना छ।
00:00 / 00:00
🔊
Audio By AI

चितवन : पूर्वी चितवनको रत्ननगरबाट चलचित्र ‘राम नाम सत्य’ को छायांकन औपचारिक रूपमा सुरु गरिएको छ। झण्डै ८० प्रतिशत दृश्य चितवनकै विभिन्न स्थानमा समेटिने यस चलचित्रको शुभारम्भ चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौना स्थित धर्मधाम कृष्ण मन्दिरबाट गर्नुभएको हो। उक्त अवसरमा युवा व्यवसायी अर्जुन सुनार र पर्यटन व्यवसायी रामेश्वर शाहले क्ल्याप रन गरेका थिए। सो अवसरमा बौल्दै एसपी पुरी पर्यटकीय नगरी चितवनको पहिचानलाई थप उजार गर्न फिल्म उपयोगी हुने बताए ।

चर्चित म्युजिक भिडियो निर्देशक माइकल चन्द द्वारा लेखित पटकथा र निर्देशनमा बन्ने यो चलचित्रले चितवनलाई फिल्म सिटीका रूपमा चिनाउने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य राखेको लाइन प्रोड्युसर राजेन्द्र आचार्यले जानकारी दिए।

विराज भट्टको मुख्य भूमिकामा निर्माण भइरहेको ‘राम नाम सत्य’ आगामी वर्ष २०८३ चैत २७ गते रिलिज गर्ने योजना छ। धार्मिक विधिअनुसार ललितपुरमा शुभसाइत पूजा गरी छायांकन थालिएको हो।चलचित्रमा सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, आशा पौडेल, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको अभिनय रहनेछ। साथै, राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह र पुजन लामिछाने विशेष भूमिकासहित यस फिल्ममार्फत फिल्म नगरीमा डेब्यु गर्नेछन्।
उपेन्द्र शाही र श्वेता विमलीको निर्माणमा तयार हुँदै गरेको फिल्ममा किशोर भट्ट र डीआर उपाध्याय कार्यकारी निर्माताका रूपमा रहेका छन्।

निर्देशक चन्दले भने, “‘राम नाम सत्य’ मेरो सपनाको फिल्म हो। रमणीय चितवनका फरक दृश्यमार्फत चितवन साँचो अर्थमा फिल्म सिटीका रूपमा स्थापित हुनेछ भन्ने विश्वास छ।”


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI