‘राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान’ विषयक छलफल सम्पन्न

लोकप्रिय खबर
२६ कार्तिक २०८२, बुधबार
सारांश
Summary by AI
  • यहाँ लेखको संक्षिप्त सारांश बुँदाहरूमा प्रस्तुत गरिएको छ:
  • अबुधाबीस्थित नेपाली राजदूतावासले 'राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान' विषयमा छलफल कार्यक्रम आयोजना गर्‍यो।
  • कार्यक्रममा नेपालमा हालैको आन्दोलनबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणका लागि स्थापित 'भौतिक पूर्वाधार पुनर्निर्माण कोष' मा सहयोग गर्न युएईमा रहेका नेपालीहरूलाई आग्रह गरियो।
  • सहभागी नेपाली संस्थाहरूले कोष सञ्चालनमा पारदर्शिता भएमा सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए र दूतावासले विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न 'प्रतिभा प्राप्ति केन्द्र' मार्फत विवरण सङ्कलन गरिरहेको जानकारी दियो।
00:00 / 00:00
🔊
Audio By AI

काठमाडौँ । अबुधाबीस्थित नेपाली राजदूतावासले आइतबार ‘राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान र भूमिका’ विषयमा एक छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा भाद्र २३ र २४ गते नेपालमा भएको आन्दोलनका कारण क्षति पुगेका सरकारी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि युएईमा रहेका नेपाली समुदायले कसरी योगदान गर्न सक्ने भन्ने विषयमा चर्चा गरिएको थियो।

छलफलमा राजदूत तेजबहादुर क्षेत्रीले नेपाल सरकारको निर्णयअनुसार भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना भएको जानकारी दिँदै गैरआवासीय नेपाली समुदायलाई यस अभियानमा सक्दो सहयोग गर्न आग्रह गरे। साथै, विदेशमा रहेका नेपालीहरूको ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न ‘प्रतिभा प्राप्ति केन्द्र’ मार्फत दूतावासले विभिन्न पेसागत विवरण सङ्कलन गरिरहेको पनि बताए।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले सरकारको पुनर्निर्माण आह्वानको स्वागत गर्दै युएईका संस्था तथा समाजहरूले सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले कोष सञ्चालनमा पारदर्शिता भएमा सामूहिक रूपमा कुनै एक संरचना निर्माणमा सहभागी हुन सकिने सुझाव पनि राखे।

सहभागीहरूले दूतावासको सेवा प्रवाहको प्रशंसा गर्दै नेपालीलाई युएईका नियम कानुन पालन गर्ने विषयमा निरन्तर सचेतना कार्यक्रम आवश्यक रहेको बताए।

कार्यक्रममा एनआरएनए, नेपाल एसोसिएसन, नेपाली समाज युएई, आदिवासी जनजाति महासंघ र विभिन्न पेसागत समूहका करिब ६० जनाको सहभागिता रहेको थियो। कार्यक्रम दूतावासका श्रम काउन्सेलर दिपेन्द्र पौडेलले सञ्चालन गरेका थिए ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI