सञ्चारमन्त्री जगदीश खरेलसँग कोरियामा ‘साक्षात्कार कार्यक्रम’ हुने

लोकप्रिय खबर
२६ कार्तिक २०८२, बुधबार
सारांश
Summary by AI
  • यहाँ लेखको संक्षिप्त सारांश दिइएको छ:
  • नेपालका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले दक्षिण कोरियामा ‘नेपाली समुदायको साक्षात्कार कार्यक्रम’ मा भाग लिने भएका छन्।
  • नेपाल पत्रकार महासङ्घ, दक्षिण कोरिया शाखाद्वारा आयोजित यो कार्यक्रम आगामी नोभेम्बर १४ मा सुवनमा हुनेछ।
  • कार्यक्रमको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायसँग प्रत्यक्ष संवाद गर्नु र सूचना तथा सञ्चार क्षेत्रमा सरकार र प्रवासी नेपालीबिचको सम्बन्ध सुदृढ बनाउनु हो।
00:00 / 00:00
🔊
Audio By AI

काठमाडौँ । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलसँग आगामी साता दक्षिण कोरियामा ‘नेपाली समुदायको साक्षात्कार कार्यक्रम’ हुने भएको छ । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको आयोजनामा ‘मन्त्रीसँग साक्षात्कार कार्यक्रम’ आयोजना हुने भएको हो ।

शाखाका अनुसार, आगामी नोभेम्बर १४ तारिख, शुक्रबार बेलुकी ७ बजे दक्षिण कोरियाको सुवनस्थित सराक एभरेस्ट रेस्टुरेन्टको सभा हलमा उक्त कार्यक्रम हुने भएको छ।

कार्यक्रममा मन्त्री खरेल प्रमुख अतिथि रहनेछन् भने कोरियामा रहेका नेपाली पत्रकार, सञ्चारकर्मी, समुदायका अगुवा र आम नेपालीहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

महासङ्घका अनुसार, उक्त साक्षात्कार कार्यक्रमको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायबिच प्रत्यक्ष संवाद र अन्तरक्रिया बढाउने, अनुभव र विचार साट्ने तथा सूचना र सञ्चार क्षेत्रमा सरकार र प्रवासी नेपालीबिचको सम्बन्ध सुदृढ बनाउने हो।

यस कार्यक्रमले कोरियामा रहेका नेपाली सञ्चारकर्मी र समुदायबिच नयाँ ऊर्जा, प्रेरणा र उत्साह थप्ने र प्रवासमा नेपाली पहिचान र पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउने विश्वास महासङ्घले व्यक्त गरेको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI