टेक्सासमा २० वर्षीय नेपाली विद्यार्थी पाँच दिनदेखि सम्पर्कविहीन

लोकप्रिय खबर
२६ कार्तिक २०८२, बुधबार
सारांश
Summary by AI
  • अमेरिकाको युटामा अध्ययनरत नुवाकोटका २० वर्षीय कुशल अर्याल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।
  • उनी अन्तिम पटक आफ्नो साइकलमा बाहिर निस्कँदा देखिएका थिए र त्यसयता उनको फोन बन्द छ ।
  • स्थानीय प्रहरीले खोजी कार्य जारी राखेको छ र उनलाई वा उनको साइकल देखेमा ८३२–४२५–६१४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
00:00 / 00:00
🔊
Audio By AI

काठमाडौँ । डेढ वर्ष अघि अध्ययनका लागि अमेरिकाको युटा पुगेका नुवाकोट जिल्लाका २० वर्षीय कुशल अर्याल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

कुशल हालसम्म परिवार र साथीहरूसँग सम्पर्कमा आएका छैनन्, र उनको फोन पनि निरन्तर बन्द छ ।

उनी अन्तिम पटक आफ्नै साइकलमा बाहिर निस्किँदा देखिएका थिए। परिवारका अनुसार, कुशलले विगतमा प्रायः “युटाह जान मन छ” भनेर उल्लेख गर्ने गर्थे । युटाह आसपासमा बस्ने सबैलाई खाेजीकार्यमा सहयोगका लागि अनुरोध गरिएको छ ।

कुशलको खोजीका लागि स्थानीय प्रहरीले हराएको उजुरी दर्ता गरी सक्रिय रूपमा अनुसन्धान अघि बढाइरहेको जानकारी प्राप्त भएको छ ।

कसैले कुशललाई वा उनको साइकललाई कतै देख्नुभएको भए, कृपया तुरुन्तै फोन वा सन्देशमार्फत ८३२–४२५–६१४९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI