कतार–बहराइन यात्रुवाहक समुन्द्री यातायात सुरु

लोकप्रिय खबर
२६ कार्तिक २०८२, बुधबार
सारांश
Summary by AI
  • कतार र बहराइनबिच पहिलो पटक औपचारिक समुद्री यात्रु सेवा सुरु भएको छ।
  • यो सेवाले कतारको अल रुवैस बन्दरगाहबाट बहराइनको सादाह मरीनासम्मको यात्रा करिब ५० मिनेटमा पूरा गर्नेछ।
  • जहाजको क्षमता २८ देखि ३२ यात्रु रहेको छ र दुई-तर्फी टिकटको मूल्य २६५ कतारी रियाल तोकिएको छ, जसले दुई देशबिचको पर्यटन र व्यापारलाई बढावा दिने अपेक्षा छ।
00:00 / 00:00
🔊
Audio By AI

काठमाडौँ । कतार र बहराइनबिच पहिलोपटक औपचारिक रूपमा समुद्री यात्रु सेवा सुरु गरिएको छ । कतारदेखि ५० मिनेटमा नै समुद्री यात्रुवाहक जहाज  उत्तरी शहर अल रुवैस बन्दरगाह बाट बहराइनको मुहार्रक टापुस्थित सादाह मरीना पुग्नेछ ।

कतार बहराइन यात्रुवाहक जहाजको   उद्घाटन गर्न  अल रुवैस बन्दरगाहमा दुवै मुलुकका मन्त्री र उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

उक्त उद्घाटन समारोहमा कतारका परिवहन मन्त्री महामहिम शेख मोहम्मद बिन अब्दुल्ला बिन मोहम्मद अल थानी र बहराइनका परिवहन तथा दूरसञ्चार मन्त्री महामहिम डॉ. शेख अब्दुल्ला बिन अहमद अल खलीफा पनि उपस्थित थिए ।

नयाँ सामुद्रिक यात्रु सेवाले यात्रुहरूलाई करिब ५० मिनेटमै बहराइन र कतारबिच यात्रा गर्ने सुविधा प्रदान गर्नेछ। कतार देखि बहराइन पुगरे फर्किने  टिकटको मूल्य २६५ कतारी रियाल तोकिएको छ ।

यस यात्रुवाहक जहाजमा एक पटकमा २८ देखि ३२ जना यात्रु लैजान सक्ने क्षमता रहेको छ  । जलमार्ग हुँदै कतार बहराइन सजिलै पुग्न सकिने दुई देशबिचको सम्झौता पछि  यात्रालाई सहज, द्रुत र सुरक्षित बनाउनेछ ।

जसले दुई देशबिचको पर्यटन, व्यापार र यातायात प्रणालीमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI