निर्वाचनले नेपाली राजनीतिको पुस्तान्तरण उल्टाउनै नसक्ने गरी भयो- डा. बाबुराम भट्टराई
8f e§/fO{ /f;;;Fu cGtjf{tf{
sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम निर्वाचनको परिणामले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी भएको दाबी गरेका छन् ।
उनले ४० बर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८ प्रतिशत हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो भन्ने भएको उल्लेख गर्दै उनले यो तथ्यलाई आत्मसात गर्न नसक्ने दल र नेतृत्वको भविष्य के हुन्छ आफै बुझ्ने कुरा भएको बताएका छन् ।
उनले भनेका छन्- ‘२०८२ को आमनिर्वाचन परिणामको व्याख्या विभिन्न ढंगले लामो समयसम्म हुनेनै छ। तर एउटा सर्वस्वीकार्य तथ्य के हो भने यसले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी गरेको छ ! ४० बर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८% हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो। यो तथ्यलाई आत्मसात गर्न नसक्ने दल/नेतृत्वको भविष्य के हुन्छ आफै बुझ्ने कुरा हो !’



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस