कविताः चिसो दिन
कविताः चिसो दिन
सारांश
Summary by AI
- चेतनाले आत्माको प्रकाश बिर्सँदा बाहिरी दिन र रातको अनुभव हुन्छ, तर वास्तविक उज्यालो भित्री अनुभूतिमा निहित छ।
- दिन-रात, सत्य-सपना, जीवन-मृत्यु जस्ता सबै द्वन्द्वहरू एउटै अस्तित्वका विभिन्न छायाँ मात्र हुन्।
- 'तिमी' (दिव्य सत्ता) केवल नाम नभई अस्तित्वको सार हो, जसले श्रद्धा र सद्भावका साथ जीवनलाई पूजनीय बनाउँछ।
- लेखक हृदयमा उदाउने आन्तरिक प्रकाशको प्रतीक्षामा छन्, जहाँ दिन र रातको भेद समाप्त भई 'तिमी' सँग चेतनाको उज्यालोमा पूर्ण एकत्व प्राप्त हुन्छ।
★
00:00
/
00:00
Audio By AI
जसरी दिन चिसिन्छ —
चेतनाले आत्माको किरण बिर्सन्छ
र रात,
भौतिक देहको सीमामा फैलिन्छ ।
तिमी नभएपछि
प्रकाश र अन्धकार एउटै जस्तो लाग्छ,
किनकि दृष्टि हुँदैन,
भित्री अनुभूति नै उज्यालो हो ।
कहिलेकाहीँ लाग्छ —
दिन र रात,
सत्य र सपना,
जीवन र मृत्यु —
सब एउटै श्वासका दुई छायाँ हुन् ।
तिमी केवल नाम होइनौ,
अस्तित्वको तापक्रम हौ —
जहाँ श्रद्धा र सद्भावले
प्राणलाई पुजाको थालीमा राख्छन् ।
म प्रतीक्षामा छु,
त्यो अन्तिम घामको,
जो बाहिर नभई,
हृदयमा उदाउनेछ —
जहाँ न दिन हुन्छ, न रात —
केवल चेतनाको उज्यालो,
जहाँ तिमी र म,
सँधैको लागि एक हुन्छौँ ।




लोकप्रिय खबर



प्रतिक्रिया दिनुहोस